Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाइ मसला : मिठाइको साटो दाजुभाइलाई दिउँ ‘ड्राइफ्रुट्स्’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १८ २०७८
  • 6.1K
    SHARES

भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका ड्राइफ्रुट्स् दिने चलन छ । काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा मधेसी बदाम लगायतका ड्राइफ्रुट्स् भाइ मसलाको रुपमा दिने चलन छ । यी ड्राइफ्रुट्सबाट पर्याप्त मात्रा पोषण तत्व प्राप्त गर्न सकिन्छ । सन्तुलित तवरले ड्राइफ्रुट्स्लाई मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा गर्छ । तिहारमा मात्रै ड्राइफ्रुट्सलाई प्राथमिकता नदिएर अरुबेला पनि खान उपयुक्त हुने पोषणविद् प्रा.डा. उमा कोइरालाको भनाइ छ । शरीरलाई स्वास्थ्य र तन्दुरुस्त बनाउन नियमित रुपमा सन्तुलन मिलाएर खानुपर्ने उनको भनाइ छ । यी ड्राइफ्रुट्सबाट शरीरलाई चाहिने खनिज, भिटामिन, आइरन, कपर, पोटासियम, फस्फोरस, जिंक, एन्टिअक्सिडेन्ड आदि तत्व प्राप्त गर्न सकिने भएकाले सलादको रुपमा समेत खान उनी सुझाव दिन्छिन् ।

मिठाइलाई बहिस्कार गरौँ’

तिहारमा भाइ मसलासँगै विभिन्न प्रकारका मिठाइ, भुजिया दालमोट दिने चलन छ । तिहारमा दाजुभाइलाई मिठाइ दोलमोटको सट्टा थप ड्राइफ्रुट्स दिन पोषणविद् कोइरालाको सुझाव छ । मिठाइले स्वास्थ्यका लागि हानी पु¥याउँछ । बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ ।

मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य बस्तुको मिसावट हुन्छ । त्यसैले मिठाइको सट्टामा भाइ मसला स्वास्थ्यका लागि धेरै उपयुुक्त हुने उनको भनाइ छ । स्वादका नाममा मिठाइ खाने गरिए पनि स्वास्थ्यका हिसाबले घातक हुने उनले बताइन् ।

अखाद्य बस्तु मिश्रित परिकार खाँदा स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने भएकाले स्वादिलो भए पनि सकेसम्म त्यस्ता बस्तु नखान उनको सुझाव छ ।

‘ड्राइफ्रुट्सको तिहार बनाऔं’

तिहारमा विशेष गरेर मिठाइको किनबेच बढी हुन्छ । रङ्गीविरङ्गी विभिन्न प्रकारका मिठाइ बजारमा पाइन्छ । यसरी विभिन्न रङ राखेर बनाइएका मिठाइ खाँदा स्वास्थ्यमा गम्भीर असर पार्ने पोषणविद् कोइराला बताउँछिन् ।

अखाद्य रङ राखेर बनाइएका मिठाइले बोसो बढाउने, कलेजो, मुटु, मिर्गौला र पेटमा समेत हानी पु¥याउने उनको भनाइ छ । उच्च रक्तचाप, मिर्गौला, मुटु रोगीले गुलिया खानेकुरा खान हुँदैन । त्यसैले तिहारमा मिठाइको सट्टा ड्राइफ्रुट्स नै दाजुभाइलाई दिन दिदीबहिनीसमक्ष उनको आग्रह छ ।

भाइ मसला स्वास्थ्यका लागि कति उपयोगी ?

ड्राइफ्रुट्स लामो समयसम्म रहन्छ । पौष्टिक तत्व पाइने ड्राइफ्रुट्स नियमित रुपमा खान सकिन्छ ।

तिहारमा नभइ नहुने ओखरमा अधिक मात्रा खनिज, भिटामिन, फाइबर, प्रोटिन र ओमेगा थ्री पनि पाइन्छ । ओखरले दिमागलाई तेज बताउन सहयोग गर्ने पोषणविद् डा. कोइरालाको भनाइ छ । त्यसैले ओखर चाडपर्वमा मात्रै नखाएर नियमित खाँदा स्वास्थ्यमा फाइदा पुग्ने उनले बताइन् ।

 

यस्तै, छोकडामा आइरन अनि मिनरलस, फस्फोरस भिटामिन प्रशस्त मात्रामा प्राप्त गर्न सकिन्छ । यस्तै, शरीरका लागि चाहिने फाइवर, पोटासियम, क्याल्सियम लगायत पनि छोकडामा पाइन्छ । यो बढी खाँदा शरीरको रगतमा ग्लुकोजको मात्रा बढी हुने भएकाले थकाइ बढी लाग्ने हुन्छ । काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा, मधेसी बदामबाट शरीरलाई चाहिने विभिन्न पौष्टिक तत्व पाइन्छ ।

धेरै ड्राइफ्रुट्स खाँदा स्वास्थ्यमा समस्या हुन्छ ?

ड्राइफ्रुट्समा धेरै प्रोटिन हुन्छ । त्यसैले एकै पटक धेरै ड्राइफ्रुट्स खान हुँदैन । ड्राइफ्रुट्स आवश्यकभन्दा बढी खाँदा वाकवाक हुने, पाचन प्रणालीलाई खराब बनाउन सक्छ । बढी मात्रामा ड्राइफ्रुट्स खाँदा तौल पनि बढ्छ । त्यसैले दैनिक रुपमा बदाम ६÷७ दाना, काजु ५÷६ दाना, नरिवलको सानो सानो ५÷६ वटा टुक्रा बनाइ मिलाएर खानुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४