Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लक्ष्मीपूजालाई बिजुली पर्याप्त, प्राधिकरणका मर्मत टोली तयारी अवस्थामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १८ २०७८
  • 4.7K
    SHARES

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज लक्ष्मीपूजाका दिन बेलुकी सकेसम्म कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेेको छ । महत्वपूर्ण दिन भएकाले सकेसम्म कतैपनि बत्ती नजाने गरी व्यवस्था गर्न आवश्यक वितरण प्रणलीमा प्राविधिक मर्मतसम्भारसहितको काम कामहरु गरिसेकको प्राधिकरणले बताएको छ ।

लक्ष्मी पूजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । कतै प्राविधिक समस्या आएर लाइन जाने सक्ने भएकाले सबै ‘नोलाइट’को मर्मत टोलीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले बताएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिमले मर्मत गरिहाल्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

उनले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । यस वर्षको तिहारमा करिब देशभर १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको उनको भनाइ छ ।

गत भदौमा प्रणालीमा एकै दिनमा १६२० मेगावाटको पिक लोड आउँदा प्राधिकरणले सहजै व्यवस्थापन गरेको थियो । प्राधिकरणका अनुसार अहिले दिनमा २ सय मेगावाट र रातमा ५ सय मेगावाटसम्म बिजुली माग भन्दा बढी उत्पादन भइरहेको छ ।

अहिले कुलेखानीको विद्युत खेर गइरहेको भन्दै प्रसारणका कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने घिसिङले बताए । घिसिङले आम उपभोक्ताहरुलाई ढुक्कसँग विद्युतीय उपकरणहरु चलाउन पनि आग्रह गरेका छन् ।

‘यो तिहारमा हामीले १५ सय मोगावाट भन्दा बढी लोड आउने अपेक्षा गरेका छैनौं, हामीसँग अहिले करिब २ हजार प्लस मेगावाटभन्दा बढी जलविद्युतको जडित क्षमता छ, १५-१६ सय मेगावाटका आयोजना नियमित अप्रेसनमा छन्,’ उनले भने, ‘कुलेखानी समेत चलाउन सकिने भएकाले बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । सबै उपभोक्ताले निर्धक्कसँग तिहारमा झिलिमिली गर्दा हुन्छ ।’

विद्युत् भारप्रेषण केन्द्रका प्रमुख तथा प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराई लक्ष्मीपूजाका दिनमा उद्योगहरु बन्द हुने र व्यपारिक ग्राहले पनि नियमितको परिमाण्का खपत नगर्ने भएकाले माग व्यवस्थापनमा कुनै दबाव नरहेको बताउँछन् ।

‘प्राविधिक समस्या परेर कतै लाइन काटिनेबाहेक मागका पक्षबाट कुनै खालको समस्या छैन,’ उनले भने,’लक्ष्मीपूजामा अरु दिनभन्दा कम माग आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४