Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल खुला विश्वविद्यालय पाँच महिनादेखि पदाधिकारीबिहीन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारीबिहीन बनेको छ ।

तत्कालीन उपकुलपति प्रा.डा.लेखनाथ शर्माको कार्यकाल गत जेठ १७ गते र तत्कालीन रजिस्ट्रार सहप्रध्यापक कमल ढकालको कार्यकाल गत जेठ २० गते पूरा भएपछि पदाधिकारी बिहीन बनेको हो।

पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा इन्द्रबहादुर कार्कीले बताए । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा.डा इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। उनले भने, ‘नीतिगत कामहरु सबै प्रभावित छ । लामो समयसम्म पदाधिकारी नियुक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।’

पदाधिकारी तथा डीन नहुँदा तिहार लगत्तै हुनुपर्ने बीबीएस र एलएलबीको परीक्षा समेत प्रभावित हुने कार्कीको भनाइ छ । उनले भने, ‘परीक्षा गराउनको लागि केन्द्रिय परिषदको बैठक बस्नुपर्छ। परिषदको संयोजक नै रजिष्ट्रार हुनुपर्ने व्यवस्था छ। तर अहिले रजिष्ट्रार नहुँदा समस्या देखिएको छ ।थप समस्या डीनहरु पनि हुनुहुन्न ।’

तीन संकाय सञ्चालन गरिरहेको विश्वविद्यालयमा दुई वटा संकायका डीनको पनि पद रिक्त छ । सामाज शास्त्र तथा शिक्षा शङ्कायका डीन प्रा.डा. शीलु मानन्धर बज्रचार्य र व्यवस्थापन तथा कानून संकायका डीन प्रा.डा. रामचन्द्र पौडेलको चार वर्षको कार्यकाल गत भदौ पहिलो हप्ता सकिएपछि डीन बिहीन बनेको हो । विश्वविद्यालय पदाधिकारी बिहीन हुँदा डीनको नियुक्ति पनि हुन नसकेको निमित्त कार्कीले बताए ।

पदाधिकारी नहुँदा विभिन्न संकायका विद्यार्थीहरूको ट्रान्सक्रिप्ट समेत रोकिएको छ । अध्ययन केन्द्र स्थापना, केन्द्रिय कार्यलय तोक्नको लागि ताकेता गर्न लगायतको काममा असर गरेको निमित्त कार्कीले बताए ।

पदाधिकारी छनौट समितिले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस गरेपनि नियुक्ति हुन सकेको छैन । छनौट समितिले गत असार अन्तिम साता पदाधिकारीका लागि नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४