Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सबस्टेसन मर्मतमा ढिलाइ भएपछि कर्मचारीलाई कुलमानले सोधे-जात्रा हेर्न आउनुभो ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको (भरतपुर) बसेनी सबस्टेसन पुगे । उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो ।

तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबैखालको प्रयास गर्न निर्देशन दिएका थिए । तर, उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन् । सबस्टेसनमा ४-५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले असन्तोष व्यक्त गरे ।

उनले कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरे । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न अनुरोध गरे ।

तर, कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर ‘फोकस’ भएर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले फिल्डमै असन्तुष्टि पोखे । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ?’ उनले कर्मचारीसँग झोक्किएरै भने,’यहाँ जात्रा हेर्न आउनु भएको ?’

उनले फिल्डमा काम गरिरहेको प्राविधिकहरुसँग पनि सम्वाद गरे । प्राविधिकहरुले अहिलेको गतिले काम गर्दा निकै ढिलाइ हुने बताए ।

प्राविधिकलाई कुलमानले भने-चाहिएजति श्रमिक ल्याएर काम छिटो गर्नुस्, खसी काटेरै खानुस्

कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई चाहिए जति जनशक्ति बोलाएर काम लगाउन आग्रह गरे । ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस्, खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौं, कति श्रमिक र पैसा चाहिन्छ भन्नुस्,’ घिसिङले प्राविधिक टोलीका नेतासँग भने,’२०-३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’

घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाएर तयारीको काम गर्न आग्रह गरे । जसरी भएपनि बिहीबार लक्ष्मीपूजाको दिन भएकाले जसरी पनि विद्युत आपूर्ति गर्ने गरी काम गर्न घिसिङले निर्देशन दिए ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्ऽ अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछिसमस्याहरु फुकाउन भन्दै घिसिङ चितवन पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४