Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामान्य अंकले बढ्यो नेप्से परिसूचक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 2.7K
    SHARES

 काठमाडौं । तिहारको बिदा अघि शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ५ दशमलव २२ अंकले बढेर २ हजार ८ सय ४८ दशमलव ८४ अंकमा पुगेको हो ।

नेप्से परिसूचक बढ्दा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेको छ । कारोबार रकम पनि औसत नै देखिएको छ । दिनभर भएक ६१ हजार ७४५ कारोबारबाट बुधबार २२९ कम्पनीका ९९ लाख ९५ हजार ५ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १ सय ५२ रुपैयाँमा रोकिएको छ ।

बुधबार धेरै शेयर मूल्य बढ्ने पहिलो नम्बरमा महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ८०३ रुपैयाँ पुगेको छ । यसैगरी दोस्रोमा साहज उर्जा र तेस्रोमा आईसीएफसी फाइनान्स कम्पनी देखिएको छ । दुवै कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४