Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यमपञ्चकको दोस्रो दिन : आज काग र कुकुर तिहार मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १७ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ ।

आज बिहान कागलाई निमन्त्रणा गरेर मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाइँदैछ । कागलाई यमदूतका रुपमा पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई पूजा गर्ने चलन छ ।

त्यस्तै, आजै कुकुरको पनि पूजा गरिदैछ । कुकुरको पूजा गरेर मीठो खानेकुरा खान दिएर कुकर तिहार मनाइँदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।

कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने भोली बिहान मनाउनुपर्ने पञचाङग निर्णायक समितिले जनाएको छ । आज बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले भोली मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४