Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चका न्यायाधीशले फेरि छोडे इजलास, कानून व्यवसायीको आन्दोलन जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 3K
    SHARES

काठमाडौं,। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानून व्यवसायीहरुले मंगलबार तेस्रो दिन पनि विरोध जारी राखेका छन् ।

प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको मंगलबार अन्तिम दिन नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।

धर्नामा सहभागी कानून व्यवसायीहरुले प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिए । राजीनामा दिनु नै उहाँको सम्मानजनक बहिगर्मन हुने उनीहरुको जिकिर छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकालाई सिध्याउन खोजेको आरोप लगाउनु भयो । महाअभियोग लगाएर हटाउनु सहज र सम्मानजनक हुन्छ की राजीनामा दिँदा भन्दै उहाँले प्रश्न गर्नुभयो ।

कानून व्यवसायीहरुले न्यायपालिकामा संकट मडाँरिदा पनि राजनीतिक दलहरु मौन बसेको भन्दै असन्तुष्टि जनाएका छन् । बार सचिव ऋषिराम घिमिरेले न्यापालिकामा आगो दन्किँदासमेत दलहरु मौन बस्नु आश्चर्यजनक रहेको टिप्पणी गर्नुभयो ।

बरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायधीश राणाको तीन वर्षको अवधिमा न्यायालयले विचौलियाको काम गरेको आरोप लगाउनुभयो । विश्वास गुमाइसक्नुभएका प्रधानन्यायधीश पदमा बस्न योग्य नभएकाले आफूहरुले राजीनामा मागेको अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो ।

यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सक्षम व्यक्तिको हातमा न्यायलयको नेतृत्व रहोस भन्ने आफूहरुको माग रहेको उल्लेख गर्नुभयो । प्रधानन्यायधीश राणाले भने कसैले राजीनामा माग्दैमा नदिने भन्दै सम्मानजनक बहिर्गमन हुनुपर्ने अडान राख्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४