Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्दी प्रत्यक्षीकरणका मुद्दा किन हेरेनन् न्यायाधीशले ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १६ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने भनेर ६ वटा इजलासमा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरू मंगलबार कुनै पनि इजलासमा बसेनन् ।

सोमबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्दा सुनुवाइ गर्ने सहमति बनेको थियो ।

प्रधानन्यायाधीशले आफूलाई मुद्दा नतोक्ने र बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि सोमबार न्यायाधीशहरूले बन्दीका निवेदनमा सुनुवाइ गरेका थिए । तर, मंगलबार भने उनीहरु कुनै पनि मुद्दाको सुनुवाइमा उपस्थित भएनन् ।

आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।

‘हामीहरूबीच पुनः छलफल भयो,’ उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशले राजीनामा दिने पक्का नभएसम्म इजलासमा नजाने निर्णय भएपछि इजलासमा नगएका हौं ।’

मंगलबार जबराले आफूबाहेक ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाइका लागि पेशी तोक्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४