काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आउने भएका छन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिप पछि उतैबाट कतार हुँदै कुवेत गएका अल्मुताइरी शनिबार नेपाल फर्किन लागेका हुन् ।अल्मुताइरीले कतारको हमाद विमानस्थलमा नेपाल फर्कने विमान कुरिरहेको फोटो सामाजिक सञ्जालमा राख्दै नेपाल फर्कन लागेको जानकारी दिएका हुन् ।
च्याम्पियनसिपकै बेला अब नेपाल नफर्किने घोषणा गरेका उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघसँग छलफलपछि तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकका रूपमा काम गर्न सहमत भएका हुन् ।यसअघि अल्मुताइरीले नेपाल फर्किएपछि आफ्नो दुई वर्षको लक्ष्य र योजनाको बारेमा जानकारी गराउने बताएका थिए । नेपाली फुटबलप्रेमी माझ लोकप्रिय अल्मुताइरी सामाजिक सञ्जालमा लेख्ले स्टाटस र आफ्नै बोलीले विवादमा आइरहन्छन् ।