Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बार परिसरभित्रै कुटिए अधिवक्ता, बार पदाधिकारी र न्यायाधीशहरू अलग-अलग छलफलमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 11.7K
    SHARES

काठमाडौं,  । नेपाल बार एशोसिएशनको परिसरभित्रै कानुन व्यवसायी कुटिएका छन् । कुटिने र कुट्ने दुवै अधिवक्ता रहेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामाबारे अदालत र बारबाट आवाज उठिरहेका बेला यसै विषयमा विवाद हुँदा बार परिसरभित्रै कानुनकर्मी नै कुटिएका हुन् ।

सर्वोच्चका न्यायाधीशहरु इजलाशमा फर्कनुपर्ने र बेञ्च सुचालु गर्नुपर्ने पक्षमा बोल्दा अधिवक्ता भूमिनन्द चुँडाललाई कुटपीट गरिएको हो । उनलाई थप्पड हानिएको हो ।

पीडित अधिवक्ता

चुँडालमाथि हातपात गर्ने अधिवक्ता भने विराट न्यौपाने भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका न्यौपानेले चुँडालमाथि हातपाल गरेका हुन् ।

बार परिसरमै कानुनकर्मी कुटिँदा बार पदाधिकारीहरु भने प्रधानन्यायाधीश राणालाई राजीनामा दिन बाध्य पार्ने विरोध कार्यक्रम ल्याउन छलफलमा बसिरहेका थिए ।

उता, सर्वोच्च अदालतमा भने प्रधानन्यायाधीश राणाले आजका लागि आठ वटा इजलाश तोकेपनि कुनैको पनि सुनुवाई हुन सकेको छैन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बेञ्च नै बहिष्कार गरिरहेका बाँकी न्यायाधीशहरु आगामी रणानीति बनाउन छलफलमै छन् भने संयुक्त इजलाश तोकेको राणाले पनि सुनुवाई गर्न पाउनुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४