Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालत बन्द नभएको सन्देश दिने प्रधानन्यायाधीशको प्रयास “आफैंले गरे पाँच मुद्दाको सुनुवाइ”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १० २०७८
  • 5.2K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहँदा आफ्नै एकल इजलासमा सुनुवाइ गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलास र संवैधानिक इजलास सहित ११ वटा इजलास तोक्नुभएको थियो । उहाँले इजलासमा तोकिएको ५ वटै मुद्दाको सुनुवाइ गर्दै दुई वटा रिटमा कारण देखाउ आदेश, एउटामा कैफियत प्रतिवेदन झिकाउने र एउटालाई तामेलीमा राख्ने आदेश गर्नुभएको थियो ।

यस्तै राणाको एकल इजलासले एउटा रिट निवेदन फिर्ता गर्ने आदेश पनि गरेको छ । उहाँको राजीनामा माग गर्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरेका छन् । न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण दुई दिनदेखि सर्वोच्च अदालतमा मुद्दा सुनवाइ नभएको अवस्थामा उहाँले इजलास बसेर सांकेतिक रूपमा अदालत बन्द नभएको भन्ने सन्देश दिनुभएको छ ।

यता प्रधानन्यायाधिश राणाको इजलास चलिरहँदा सर्वोच्च्च अदालतका अरु न्यायाधीश भने बुधबार पनि आन्तरिक छलफलमानै व्यस्त भए । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश राणाको राजीनामा नै अडिग रहने निष्कर्ष निकालेको छ ।

यसैबीच, सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न पूर्ण बैठक (फुलकोर्ट) बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले दवाव दिइरहेका बेला पूर्व न्यायायाधीश पण्डितको श्रद्धाञ्जलीका लागि फुलकोर्ट बसेको हो ।

पूर्वन्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो । यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए । प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद्मा भागबण्डा खोजेको लगायत विषयमा मुछिएपछि निकासका लागि मार्गप्रशस्त गरिदिनुपर्ने अडानमा अन्य न्यायाधीश छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४