कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजीनाको पक्षमा रहेको उनको भनाइ छ । जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानून व्यवसायीहरुले बहस नगर्ने भन्दै उनले अदालत र न्याय प्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए ।
उनले अगाडि भने, ‘राजनीतिक लेनदेन प्रधानन्यायाधीशले गरेका हुन् भन्नेमा हामीहरु पुगेका छौं । साँठगाँठ भएको तमाम कानून व्यवसायीलाई लागेको छ ।’
