Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इजलासमा नबसेका सर्वोच्चका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश जबरालाई भेट्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ८ २०७८
  • 3.4K
    SHARES

सर्वोच्चमा छुट्टै बैठकमा बसेका न्यायाधीशहरु । यी मध्ये सोमबार न्यायाधीश नहकुल सुवेदी भने   !


काठमाडौं । फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई संयुक्त रुपमा भेट्ने भएका छन् ।

नेतृत्वसँग असन्तुष्ट न्यायाधीशहरुबीच भएको छलफलमा भोलि साढे ११ बजे सबैले भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो ।

प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा नगएका सर्वोच्चका न्यायाधीशहरु विहानैबाट छलफलमा जुटेका थिए । स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेका थिए । तर केहीले भने मुद्दाको फैसला गर्दा त आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए । एक न्यायाधीश भन्छन्, ‘उहाँको धारणा पनि सुनौं भन्नेमा हामी सहमत भएका छौं ।’

उनका अनुसार भोलि सबै न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई भेट्ने छन् र आफ्नो धारणा राख्ने छन् । त्यसमा प्रधानन्यायाधीश जबराको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशरुबीच भएको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि  ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर सोमबार ती कुनै पनि इजलास बस्न सकेन ।  प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका थिए ।

तर सोमबार सर्वोच्चमा उपस्थित भएका जबराबाहेकका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा खाजा समयअघिसम्म छुट्टै बैठकमा बसे ।

अरु न्यायाधीश छुट्टै बैठकमा बसेपछि फुलकोर्ट बैठक बस्न सकेन । आइतबार छुट्टै बैठकमा सहभागी न्यायाधीश नहकुल सुवेदी भने सोमबार सर्वोच्च अदालतमा उपस्थित छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४