Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा पहिरोले बिगारेका सडक अझै खुलेनन् !


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ८ २०७८
  • 10.2K
    SHARES

धनगढी । केही दिनअघि भएको बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका चार जिल्लाका सडक अझै खुल्न सकेका छैनन् । डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नुपरेको छ भने बाजुरामा चार महिनाअघि गएको पहिरोले सडक अवरुद्ध छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले डोटी र बझाङमा पहिरोका कारण सडक पूर्ण रुपमा ठप्प रहेको जानकारी दिए । उनकाअनुसार केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ को रडुवाखोला र गजरौलाको बीच भागमा करिब एक सय मिटर सडक पहिरोले भाँसिएकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको छ । सडक अवरुद्ध हुँदा डडेल्धुरासँगै तराईका कैलाली, कञ्चनपुरसहित अन्य पहाडी जिल्लासँग डोटीको यातायात सम्पर्क टुटेको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले बढी प्रभावित बझाङमा पनि पाँच ठाउँमा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा सञ्चालन हुन सकेको छैन । जिल्लाको बित्थडचिर गाउँपालिका–२ को पैरा, केदारस्यु गाउँपालिका–१ को देउरा, नारिगौडा, छविसपाथिभरा गाउँपालिका–१ को जालीबगर, मौरीबगर र जयपृथ्वी नगरपालिका–७ को कचाली खोलामा सडक अवरुद्ध बनेको प्रहरी उपरीक्षक गौतमले बताए । उनकाअनुसार दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पनि करिब १२ मिटर सडक भासिएको छ भने अहिले खुलाउने कार्य जारी छ ।

  • बाजुरामा चार महिनादेखि सडक ठप्प

गत असारमा परेको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध साँफे–मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । पहिरोले अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको अम्कोट क्षेत्रमा पुनः पहिरो जाँदा सडक खुल्न समय लाग्ने देखिएको छ । सोही सडकखण्डको बाजुगाड र बूढीगंगा नगरपालिका–३ को ताप्रिसेरामा समेत पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायता सेवा पूर्ण रुपमा बन्द भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार सडक खुलाउन पहिरो पन्छ्याउने काम भइरहेको छ तर यातायात सेवा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्छ ।

लगातारको वर्षापछि सडक सञ्जाल अवरुद्ध हुँदा पहाडी जिल्लामा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ भने जटिल प्रकृतिका बिरामीलाई अस्पतालसम्म पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।

  • डोटी र बझाङमा नेपाल एयरलाइन्सले उडान भर्द

वर्षापछिको पहिरोले सडक अवरुद्ध भएपछि डोटी र बझाङमा नेपाल एयरलाइन्सले पनि हवाई सेवा सञ्चालनमा ल्याएको छ । धनगढीदेखि समिट एयरले यी दुईसहित सुदूरपश्चिमका पाँच पहाडी जिल्लामा हवाई सेवा दिँदै आएकोमा आइतबारदेखि नेपाल एयरलाइन्सले पनि सेवा सञ्चालनमा ल्याएको हो ।

पहाडी जिल्लामा पहिरोका कारण यातायात सेवा बन्द रहेकाले नेपाल एयरलाइन्सले सानो खालको विमानमार्फत सेवा सञ्चालन गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले एउटा विमानमार्फत नेपाल एयरलाइन्सले दुवै जिल्लामा उडान भरिरहेको जानकारी दिए ।

आइतबारदेखि नेपाल एयरलाइन्सले हवाई सेवा सञ्चालनमा ल्याएको छ,’ भट्टले भने, ‘आइतबार दुवै जिल्लामा एउटा÷एउटा र सोमबार दुई/दुई उडान भरेको छ । अब दीर्घकालीन रुपमा सेवा सञ्चालन गर्ने योजना छ ।’

समिट एयरले पनि धनगढीबाट बैतडी, बझाङ, डोटी, बाजुरा र अछाममा धनगढीबाट उडान भर्दै आएको छ । नेपाल एयरलाइन्सले यात्रुको चापअनुसार अन्य जिल्लामा पनि सेवा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४