Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको कलहले लम्बियो आचार्य सरकारको आयु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ८ २०७८
  • 7.8K
    SHARES

विराटनगर । प्रमुख विपक्षी नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक एक साता पछि सरेको छ ।

विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमाथि छलफल र मत विभाजन गर्न सभामुख प्रदीपकुमार भण्डारीले आइतबार दिउँसो साढे १२ बजे बैठक बोलाएका थिए । तर बैठक बस्नुअघि नै कांग्रेसले केही दिन बैठक स्थगित गर्न माग गर्दै निवेदन दिएको थियो । लगत्तै नेकपा एमाले प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले कात्तिक १५ गतेसम्म बैठक स्थगितको माग गर्दै निवेदन दिए ।

सत्तारुढ र विपक्षी दलको मागपछि सभामुखले प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारेका छन् ।

  • कांग्रेसमा कलह

कांग्रेसले प्रदेशसभा बैठक सार्न माग गर्दै दिएको निवेदनमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमणलाई कारण देखाएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रदेश १ मा पुगेका छन् । तर वास्तविकता भने कांग्रेसको आन्तरिक किचलो हो ।

प्रधानमन्त्री देउवाले प्रदेश १ को मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन् । बागमतीमा मुख्यमन्त्री पदमा आलोपालो माग गरेका देउवाले प्रदेश १ मा भने केही नभनेपछि रामचन्द्र पौडेल समूह असन्तुष्ट छ ।

प्रदेश १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइराला पौडेल समूहमा पनि डा. शेखर कोइराला निकट हुन् । मुख्यमन्त्रीको दाबेदारसमेत रहेका उनी कम्तीमा आलोपालोको सहमति होस् भन्ने चाहन्छन् । बाग्मतीमा एउटा र प्रदेश १ मा अर्काे नियम लागू नहुने भन्दै उनले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने बताए ।

तर पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनमा त्यसको कुनै पहल गरेका छैनन् । साथै मन्त्रीमा पनि देउवा निकट सांसदहरुले प्राथमिकता पाउने देखिएपछि कांग्रेसकै असन्तुष्ट समूहबाट फ्लोर क्रसको सम्भावना देखाइएको छ ।

फ्लोर क्रसको दाबी गरिएपनि वास्तविकता भने मन्त्री र सरकार आलोपालो हुनुपर्छ भन्ने माग भएको देउवा पक्षका एक नेता बताउँछन् । ‘२/३ जना सांसदले फ्लोरक्रस गर्दैमा मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था थिएन,’ देउवा निकट एक नेता भन्छन्, ‘पार्टीभित्रको विवादले सरकारको आयु एकसाता लम्बियो ।’

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की पनि प्रमुख सचेतकले पार्टीमा छलफल नगरी प्रदेशसभा बैठक स्थगितका लागि निवेदन दिएको बताउँछन् । उनी देउवा पक्षका हुन् । आफ्नो पार्टीबाट फ्लोरक्रस गर्ने सम्भावना नरहेको भन्दै उनले भने, ‘सांसद्ले फ्लोर क्रस गर्छन् भन्ने हल्ला माननीयहरुलाई बद्नाम गराउने उद्देश्यले आएको हो । त्यसमा कुनै सत्यता छैन ।’

प्रदेशसभा बैठक स्थगित भएपछि आइतबार दिउँसो कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकमा पार्टीभित्र देखिएको असहमति र विवादलाई समाधान गर्ने विषयमा छलफल भएको प्रमुख सचेतक केदार कार्कीले बताए । साथै आगामी प्रदेशसभा बैठकमा कांग्रेस एकढिक्का भएर प्रस्तुत हुने उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४