Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक ८ २०७८
  • 8.8K
    SHARES

काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।

अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् ।

अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको आयोगका प्रवक्ता मि फेङले ब्रिफिङमार्फत् जानकारी दिए । मीका अनुसार अधिकांश संक्रमितले विगतमा अन्तरक्षेत्रीय यात्रा गरेका छन् । उनले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन् ।

गङसु र इनर मंगोलियाका केही शहरमा भाइरसका कारण बस तथा ट्याक्सी सेवा बन्द गरिएको यातायात मन्त्रालयका झोउ मिङले बताए ।

इनर मंगोलियाको एजिना क्षेत्रका बासिन्दा र यात्रीलाई सोमबारदेखि घरभित्रै बस्न भनिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय सरकारले विज्ञप्ति जारी गर्दै स्थानीयलाई घरभित्रै बस्न भनेको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार शनिबार चीनमा २६ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । यसमध्ये इनर मंगोलियाका सात, गङ्सु तथा निङसियाका छ, बेइजिङका चार, र हेवेइ, हुनान र शाङसीका एक-एक जना संक्रमित रहेका छन् ।

कोभिड-१९ को डेल्टा भेरियन्ट फैलिएसँगै एसियाली मुलुकले आफ्नो अर्थतन्त्र पुन: खुलाउने प्रयासमा  सुस्तता आएको छ । सिंगापुरले पूर्ण खोप लगाएका वा विगत २७० दिनमा कोभिड मुक्त भएका मानिस मात्रै कार्यक्षेत्रमा खटिन सक्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४