Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“मखमली फुल्दा मार्सी धान झुल्दा तिहारै आउदछ ! मखमली मौसम (फोटो फिचर)”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ७ २०७८
  • 7.8K
    SHARES

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् ।मखमली फूल तिहारमा अत्यधिक खपत हुने गर्दछ । व्यापारीहरुले माला र फूल किसानको घरमै आएर किन्ने हुँदा बजारको पनि समस्या नरहेको स्थानीय फूल किसान पुस्कर बस्नेतले बताउँछन् । फूल र माला किन्न यहाँ आउने व्यापारीहरुको चहलपहल बढिसक्यो,बस्नेतले जन न्युज नेपाल खबरसँग भने,फूल खेती गर्ने हरेक किसानहरुले राम्रो आयआर्जन गर्दै आउनु भएको छ ।उनले आफूले मात्रै दुई रोपनी जग्गामा फूल खेती गरेका छन् । ‘धान वा अरु खेतीभन्दा फूलबाटै राम्रो कमाइ भइरहेको छ । घर खर्च चलाउन पुगिरहेकै छ,’ उनले भने । फूल खेती गर्ने हरेक किसानले राम्रो आयआर्जन गर्दै आएको एक  स्थानीय बताउँछन् । पोहोर परार कोरोना संक्रमणको महामारीका कारण अपेक्षाकृत व्यापार गर्न नपाएका उनीहरुलाई यस वर्ष भने संक्रमण कम भएकाले व्यापार बढ्ने विश्वास रहेको बताउछन । 

 

    गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल टिप्ने र दिउँसो-साँझ माला गास्ने काममा स्थानीय व्यस्त छन् । मखमली फूल नओइलाउने भएकाले गुण्डुका फूल किसान एकअर्कालाई सघाउँदै माला गास्ने काम गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४