Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमै पहिलो पटक भैंसी सम्मेलन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 5.6K
    SHARES

चितवन । चितवनको रामपुरमा कार्तिक ८ देखि १२ गतेसम्म भैंसी सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको आयोजनामा ‘१०औं एसियन बफेलो कंग्रेस २०२१’ हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरी साे जानकारी दिइएकाे हाे । भैंसी पालनको विकास र नयाँ प्रविधि तथा भैंसीसँग सम्बन्धित नयाँ आविष्कार घोषणा गर्न सम्मेलनको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले जानकारी दिनुभयो । साथै यसले वैज्ञानिकहरूबीच अन्तरसम्बन्ध विस्तार र खोजी भएका नयाँ सफलताको बाँडफाँडका लागि पनि मद्दत मिल्ने उहाँले जानकारी दिनुभयो ।

सम्मेलनमा १७ देशका प्रख्यात विज्ञहरूले १ सय ३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । विभिन्न सातवटा विधाका कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि ३ सय ५० जनाभन्दा बढी वैज्ञानिक, प्राध्यापक, कृषक विद्यार्थी तथा सम्बन्धित विषयका सरोकारवालाहरूले बहस गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सम्मेलनबाट आएको नयाँ खोजलाई भैंसी पालक किसानसँग जोड्ने र यसले सरकारलाई नयाँ नीति निर्माण गर्न सहयोग पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताउनुभयो । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले उद्घाटन गर्ने उक्त सम्मेलनको नवौं सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।

पछिल्लो खोजअनुसार भैंसीलाई बेमौसमीमा पनि प्रजनन् हुनसक्ने कुरा पत्ता लागेको र यसलाई किसानसँग जोड्दै विश्वविद्यालयमै भैंसी अनुसन्धान केन्द्र स्थापनको तयारी भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो । विश्वभर भैंसी उत्पादनको हिसावले नेपाल चौथो र संख्याको हिसावले छैटौं स्थानमा रहेको उहाँको भनाइ छ ।

अहिले नेपालमा करिव ५५ लाख भैंसी रहेको र देशमा हुने दुध उत्पादनको करिव ६५ प्रतिशत भैंसीले योगदान गरेको डा. देवकोटाले बताउनुभयो । मासुमा समेत ५५ प्रतिशत भैंसीको योगदान रहेको उहाँको भनाइ छ ।

नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४