Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब म पार्टीको नेतृत्व गर्छु : प्रकाशमान सिंह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ४ २०७८
  • 4.3K
    SHARES

 काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्‍याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमहामन्त्री सिंहले कांग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै १४ औं महाधिवेशनमा सभापतिमा दावी गरेका हुन् ।

गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि उल्लेख गरे ।

नेता सिंहले अहिलेको पार्टी नेतृत्वका कारण कांग्रेस कमजोर भएको आरोप लगाए । पार्टीलाई विधिसम्वत र संस्थागत रुपमा नेतृत्वले अगाडि नबढाएको उनको आरोप छ । पटक पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना गरे ।

‘महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके,’ उनले भने, अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइदैन ।’

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ तर कतिपय जिल्लामा वडा अधिवेशन नै सुरु हुन नसक्दा कांग्रेस महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४