Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीको प्रदेश सभा बैठकमा एमाले सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ४ २०७८
  • 3.1K
    SHARES

हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले) सहभागी हुने भएको छ ।

यसअघि वडा अधिवेशनलाई कारण देखाउँदै एमाले बागमती प्रदेश संसदीय दलले सभामुखलाई प्रदेशसभा बैठकमा सांसदहरू उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएको थियो ।

तर, आजको बैठकमा सहभागी हुने सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशव राज पाण्डेले जानकारी दिए । उनले भने, ‘हामी बैठकमा सहभागी हुन्छौं, प्रदेश सभाको बैठक बोलाएपछि जानुपर्ने भएकोले सहभागी नहुने कुरै छैन ।’

यता एमाले मुख्य सचेतक दीपक निरौलाले पार्टीको अधिवेशन भएका कारण हामीले प्रदेशसभाको बैठक सार्न सभामुखलाई आधिकारिक पत्र बुझाइसकेका बैठकमा आफूसहित धेरै सांसदहरु उपस्थित हुन नसक्ने बताएका छन् ।

उनले बैठक ११ गते सार्न गरेको मागलाई सभामुखले कसरी हेरेको भन्ने विषयमा आफू जानकार नभएको बताए । उनले भने, ‘हाम्रो पार्टीको वडा अधिवेशन हुँदैछ, हामीले बैठक सार्न माग गरेका छौं तर प्रदेश सभाको बैठकको पूर्ण अधिकार सभामुखज्युको विवेकमा भर पर्छ । हामी सहभागी हुने अवस्था निकै कम हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४