Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सात लाखभन्दा धेरैले काठमाडौं छाडे


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २४ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । दशैंका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।

असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो । यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो ।

११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाडौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ ।

गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् ।

यात्रुको चाप बढेसँगै काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४