Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीले अपेक्षाअनुसार काम नगरेको जनताको गुनासो, सुविधामा जाेड दिन प्रहरीकाे आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 3.4K
    SHARES

चितवन । ६६औं प्रहरी दिवस मनाइरहँदा जनअपेक्षा पूरा हुनेगरी प्रहरीले काम गर्न नसकेको गुनासो बढेको छ । विकास र सुरक्षा सँगसँगै हुनुपर्ने भए पनि त्यसको अभाव खड्किरहेको आभास नागरिकले गरेका छन् ।

विश्वका विभिन्न ठाउँका प्रहरीले गर्ने अनुसन्धान र प्रयोग गर्ने विकसित प्रविधिबारे नेपालमा कमै मात्र सिकाइ र प्रयोग भएको भन्दै तालिम, सीप र उनीहरूको सेवा सुविधा बढाएर क्षमता वृद्धि गर्न आवाज उठेको छ ।

७८औं जिल्लाको रुपमा चिनिएको चितवनमा पनि प्रहरीले दिवसको अवसरमा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराधदेखि लागूऔषध, अफिम खेती आदीलाई नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । जनप्रतिनिधिबाटै प्रहरीमा सेटिङ हुने र न्याय पाउने बाटो नै हराउने गुनासो आएको भन्दै संगठनलाई धमिलो हुन नदिन तामाङले आग्रह गर्नुभयो ।

व्यक्तिमा नभई नेपाल प्रहरीको बर्दीमा नागरिकले सेवा र सहयोगको आशा गर्दछन् । त्यसैले बर्दीधारी प्रहरीले दिने सेवा छिटो छरितो निष्पक्ष हुनुपर्ने चितवन जिल्ला अदालतका मुख्य न्यायधीश हेमन्त रावलको भनाइ छ । तर, प्रहरीको क्षमता वृद्धि नगरेसम्म बर्दीले मात्रै केही नहुने उहाँको बुझाइ छ ।

साथै, प्रहरीको अनुसन्धानका प्रक्रियालाई समेत परिमार्जन गर्न सुझाव दिँदै उहाँले पहिला सुन अनि थुन भन्ने नीति लिन आवश्यक रहेकोमा जोड दिनुहुन्छ । प्रहरीले पहिला सबै कुरा बुझेपछि मात्र हिरासतमा राख्नुपर्ने उहाँको भनाइ छ । निर्दोषलाई हिरासतमा राख्नबाट प्रहरी बच्नुपर्ने उहाँको सुझाव छ ।

नेपाल प्रहरी प्राकृतिक विपत्तिदेखि घटना–दुर्घटनामा पुग्ने सरकारी प्रतिनिधिको पहिलो निकाय हो । तर, रातदिन जनताको सेवामा लाग्ने प्रहरीको सेवा सुविधा पर्याप्त नभएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा वक्ताहरूले जोड दिए । चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले विभिन्न समस्याका वावजुद पनि चितवनको शान्ति सुव्यवस्था, अपराध नियन्त्रणमा सक्रियपूर्वक लागिरहेको बताउनुहुन्छ ।

सरकार र नागरिकबाट प्रहरीलाई थप सहयोग गर्नु जरुरी त छँदै छ, प्रहरीको क्षमता विकास सँग–सँगै जनताले पाउने सेवालाई पनि सहज, सरल र निष्पक्षतासमेत ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४