Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रकाशमानको प्रश्न –देउवा र पौडेललाई गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 2.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिएका थिए ।

काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका हुन् । उनले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।’

पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरे । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भने, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै उनले भने, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?, के हामी सधैं अरुकाे झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४