Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुलमुनि कसरी फस्यो एयर इण्डियाको जहाज ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 3K
    SHARES

काठमाडौं । तपाईंले हवाईजहाज आकाशमा उडेको र रनवेमा गुडेको त देख्नु भएको छ तर कुनै पुलमुनि फसेको त पक्कै देख्नु भएको छैन होला । तर भारतको राजधानी नयाँदिल्लीमा एउटा जहाज पुलमुनि फसेको भिडियो भाइरल भएको छ ।

भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको जहाज दिल्ली-गुरगाउँ राजमार्गको एक ओभर हेड ब्रिज (आकाशे पुल) मुनि अड्किएको हो ।

यो स्क्रेप्ड अर्थात् कवाड भइसकेको जहाज हो र एयर इण्डियासँग यसकोसम्बन्ध अब छैन । बिक्री भइसकेको यो जहाजलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कतै लैजाने क्रममा आकाशे पुलमुनि फसेको हो । भारतका एक पत्रकार अशोक राजले ट्वीटरमा सार्वजनिक गरेको भिडियोमा सो जहाजका पंखा देखिंदैन । त्यसको नजिकबाट गाडीहरु ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

यो भिडियो ट्वीटर र युट्युबमा हजारौंले हेरेका छन् । भिडियो हेर्नेहरुले विभिन्न प्रतिक्रिया पनि पोष्ट गरेका छन् । कतिपयले यो जहाज कसरी फस्यो भनेर जिज्ञासा राखेका छन् भने केहीले विमान लैजानुभन्दा अगाडि त्यसको रुट राम्रोसँग जाँच्नुपर्थ्यो भनेका छन् ।

कतिपयले भने यो घटनालाई पश्चिम बंगालमा सन् २०१९ को घटनासँग तुलना पनि गरेका छन् । त्यतिबेला पनि एउटा कवाडी जहाज पुल मुनि फसेको थियो ।

अर्का एक ट्विटर प्रयोगकर्ताले जहाज लरीमा लोड गरेर लैजाँदै गरेको भिडियो पोष्ट गर्दै यो घटना ३ अक्टोबरको भएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४