Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीका पुल निर्माण : म्याद सकियो, काम अधुरै !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 2.7K
    SHARES

  • निर्माणाधीन पुलमध्ये २ वटामात्रै पुसभित्रै बनिसक्ने, बाँकीको पत्तो छैन

 

थुम्सीकोट-घुम्लेबजार जोड्ने गरी मादीमाथि बनिरहेको मोटरेबल पुल । अहिले सम्झौता भएको ९ वर्षमा ९८ प्रतिशत काम सकिएको छ । तस्वीर : फाइल ।


, पोखरा / कास्कीको मादी गाउँपालिका र लमजुङको मध्यनेपाल जोड्ने ‘हंसपुर-टिमुरे’ पुल निर्धारित समयमै धमाधम बनेको भए यतिबेला दुई जिल्लाका बासिन्दालाई आउजाउ गर्न सजिलो हुने थियो । तर, समयमै पुल नबन्दा दुवै जिल्लाका स्थानीयलाई बर्खामा मर्का पर्ने गरेको छ । मादी नदीमाथि बनिरहेको उक्त पुल गत भदौमै सकिनुपर्थ्यो । तर, समय सकिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि ३० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय, कास्कीले आर्थिक वर्ष ०७२/७३ मा दुई वर्षभित्र सक्ने गरी सिरुवा कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । कार्यालयल ६ करोड ९२ लाख रुपैयाँ सिरुवासँग सम्झौता गरेको थियो ।

बीचमा कोभिड महामारीसँगै सुरु भएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीका कारण समयमा पुल निर्माणको काम नसकिएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण सुवेदी बताउँछन् । ‘निर्माण व्यवसायीले कार्यतालिका बमोजिम काम गरिदिएको भए समयमै पुलको काम सकिन्थ्यो । निर्माण व्यवसायीले ढिलासुस्ती गरिदियो,’ उनले भने ।

सम्झौता म्याद सकिएपछि दोस्रोपटक थपिएको समय पनि गत फागुन ६ गते नै सकिइसकेको छ । ‘भदौ पाँच गतेको मन्त्रिपरिषद्को बैठकले कोभिड लकडाउन प्रभावित निर्माण व्यवसायीलाई ०७८ मसान्तसम्म समयसीमा थपिदिने निर्णय गरेको छ । सोही निर्णय बमोजिम अहिले ठेकेदार कम्पनीको चैतम्याद थप गरिएको छ,’ इन्जिनियर सुवेदीले भने ।

सिरुवा कन्स्ट्रक्सनले हंसपुर-टिमुरे जोड्ने पुलसँगै पोखरा विजयपुर खोला, काफलघारीमा पनि पुल बनाउने जिम्मा लिएको छ । पोखरा १३ र २८ नम्बर वडा जोड्ने उक्त पुल पनि अलपत्र छ । आर्थिक वर्ष २०७२/७३ मा २ वर्षभित्र सक्ने गरी जिम्मा लिएको ठेकेदार कम्पनीले म्याद सकिएको लामो समय भइसक्दा पनि पूरा हुन सकेको छैन ।

०७५ असारमै पुल निर्माणको काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने पुलको काम समयमा नसकिएपछि ७७ वैशाखदेखि गत फागुन ६ गतेसम्म म्याद थपिएको थियो । तर, उक्त म्यादसमेत सकिइसकेको छ । उक्त पुल पनि सिरुवा कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएको थियो । पुलको ४० प्रतिशतमात्रै भौतिक प्रगति छ । अहिले उक्त पुलको पनि कोभिड प्रभावित सुविधा प्राप्त गरेर चैत मसान्तसम्म पुनः म्याद थपिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।

  • ३० महीनामा बन्नुपर्ने पुल ९ वर्षमा पनि सकिएन

कास्कीमा बनिरहेको पुलमध्ये घुम्ले बजार, मादी नदीमाथि बनिरहेको पुलको कामको ९ वर्षमा बल्लबल्ल ९८ प्रतिशत सकिएको छ । ०६९ साउनमा ३० महिनाभित्र सक्ने गरी सरकारले लोकप्रिय शंकरमाली जेभीसँग ५ करोड ९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । उक्त पुल पनि कास्की र लमजुङलाई जोड्ने गरी बनिरहेको हो । पटकपटक म्याद थप गरेर अन्तिम समय थपिएको म्यादसमेत गत असारमै सकिइसकेको इन्जिनियर सुवेदीले जानकारी दिए । ‘पुलको अहिले फेरि चैत मसान्तसम्म सरकारले थपिइदिएको छ । थोरैमात्र काम बाँकी रहेकाले अब पुसभित्रै सकिन्छ,’ उनले भने । यसअघि पनि समयमै पुल नसकेको भन्दै जेभीले पटकपटक जरिवाना तिर्दै म्याद थप्दै आएको थियो ।

असोज मसान्तमा म्याद सकिनेगरी डिभिजन कार्यालयले नै सम्झौता गरेको बागलुङ-पोखरा सडकअन्तर्गतको फिर्केखोला पुलको काम पनि अलपत्रै छ । म्याद सकिन केहीदिनमात्रै बाँकी हुँदा पुलको जगको कामसमेत पूरा हुन सकेको छैन । कार्यालयले २०७५ असोजमा ८ गते शान्ति आरोग्य जेभीसँग १२ करोड ३२ लाख रुपैयाँमा २ वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सुरुका केही महिना जग्गा मुआब्जा विवादले काम हुनै पाएन । पछि फेरि त्यहाँ खानेपानी, बिजुली पोल लगायतले समस्या पार्‍यो’ पुलको काम हेरिरहेका डिभिजनका इन्जिनियर सन्तोष थापा भन्छन्, ‘अहिले बिजुली पोलको समस्या टर्‍यो । तर, खानेपानी पाइप र मुआब्जाको समस्या उस्तै छ ।’

पुल बनाउन खानेपानी पाइप सार्नुपर्ने र पाइप सार्दा पूरा पोखरामा पानीको समस्या आउने इन्जिनियर थापा सुनाउँछन् । ‘अहिले खानेपानीसँग छलफल भइरहेको छ । जग्गा मुआब्जाका लागि केन्द्रलाई पत्राचार गरिसकेका छौं । त्यसले गर्दा ढिलाइ हुन पुगेको हो,’ उनले भने ! कोभिड महामारीका कारण सरकारले दिएको म्याद थप सुविधाले चैत मसान्तसम्म ठेकेदार कम्पनीले पुल निर्माण सकिइसक्नुपर्नेछ । त, इन्जिनियर थापाकै भनाइलाई आधार मान्ने हो भने जग्गा मुआब्जा विवादकै कारण पुल निर्माणको काम अझै लम्बिने देखिन्छ । ६ लेनको बाटोमा दुई लेनको मात्रै पुल हुँदा त्यहाँ दिनहुँ दुर्घटना हुने गरेको छ ।

६ लेन सडकमा २ लेनको पुल, दिनहुँ दुर्घटना !

डिभिजन कार्यालयको मातहतमा बनिरहेका पुलमध्ये ल्वाङ, घलेलको आँप खोला पुलको काम ९५ प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर किरण सुवेदीले जानकारी दिए । ७२/७३ मै ०७६ फागुनमा सक्ने गरी मृत सञ्जीवनी निर्माण सेवासँग चार करोड सम्झौता गरिएको थियो ।उक्त पुलको दोस्रो पटक थपिएको गएको चैत मसान्तमा सकिइसकेको छ । ‘यो पुलको अधिकांश काम सकिइसकेको छ । आउँदो चैत मसान्तसम्म फेरि सरकारले म्याद थपेकाले त्यस अगावै पुस महिनाभित्रै पूरा भइसक्छ,’ इन्जिनियर सुवेदीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४