Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वदलीय बैठक सुरु, एमाले र राप्रपाले बहिष्कार गर्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 11.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका कोही पनि सहभागी भएक छैनन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको जनाएको छ ।

साढे १० पछि सुरु भएको सर्वदलीय बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल र साना विपक्षी दलहरु सहभागी छन् । सत्ता बाहिर रहेका मध्ये लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतो तथा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल वैठकमा सहभागी हुनुहुन्छ ।

संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न डाकिएको वैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने बहिष्कार गरेका छन् ।

संसदको गतिरोध अन्त्यको उपाय खोज्न डाकिएको बैठकमा सहभागी नहुने जानकारी एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिनुभएको छ । एमालेले राखेका माग सम्वोधन नभएकोले

आजको बैठकमा एमाले सहभागि नहुने उहाँले बताउनुभयो । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असहमति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४