Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्जुन लामा हत्या आरोप खेपिरहेका सभामुख सापकोटाको मुद्दा संवैधानिक इजलाशमा, पेशीमै रहँला कि होला सुनुवाई ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १३ २०७८
  • 2.8K
    SHARES

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप खेपिरहेका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

सापकोटामाथि लामालाई अपहरण गरी हत्या गरेको आरोप लागेको छ । माओवादी सशस्त्र द्वन्द्वका समयमा सापकोटाको प्रत्यक्ष निर्देशनमा लामाको हत्या गरेको भन्दै किटानी जाहेरी परेको मुद्दा पटक–पटक पेशी चढ्दै आए पनि सुनुवाई हुन सकेको छैन ।

संवैधानिक इजलाशमा सापकोटाविरुद्धको उक्त मुद्दाको सुनुवाईका लागि पहिलो नम्बरकै पेशी तोकिएको त छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुुहन्छ ।

माओवादी द्वन्द्वका समयमा काभ्रेका अर्जुन लामाको सापकोटाको प्रत्यक्ष संलग्नतामा अपहरण र त्यसपछि हत्या गरिएको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ २०६८ सालमा अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दा दर्ता भएको दश वर्षसम्म पनि सुनुवाई नगरिएको मुद्दाको आज पनि पेशीमा भने चढेको हो । उक्त मुद्दामा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलाशले भने संवैधानिक इजलाशमा पठाएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४