Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कस्तो बेलामा रेविजविरुद्धको खोप लगाउने ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १२ २०७८
  • 8.3K
    SHARES

ठमाडौं । रेबिज एक प्राणघातक भाइरस हो । नेपालमा लगभग सबैजसो रेबिज रोग संक्रमित कुकुरको टोकाइबाट सर्ने गरेको छ ।

खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु हुनेछ । तर कस्तो अवस्थामा आवश्यक खोप पर्छ, कति लगाउने, कसरी लगाउनेजस्ता विषयमा अन्योल देखिन्छ । धेरै मात्रामा आउने जिज्ञासा वा बारम्बार सोधिने प्रश्नहरु यस्ता छन् ।

भर्खरै कोभिड-१९ बिरुद्धको खोप लगाएको छ । रेबिजको खोप लगाउनु हुन्छ कि हुन्न ?

हुन्छ । रेबिज प्राणघातक संक्रामक रोग भएकोले जनावरले टोकेमा खोप अनिवार्य लगाउनुपर्छ ।

रेबिज पुष्टि भएका गाई वा भैंसीको दूध पिउदा खोप लगाउनुपर्छ कि पर्दैन ?

पर्दैन । हालसम्म रेबिज संक्रमित गाई वा भैंसीको दूध पिएर रेबिज रोग लागेको प्रमाण छैन।

बादरले टोके/चिथारे रेबिज खोप लगाउनु पर्छ ?

पर्दैन । नेपाल सरकारको रेबिज निर्देशिका अनुसार मठ/मन्दिर जाँदा बादरले टोके/चिथारे खोप लगाउनुपर्दैन तर अरु ठाउँमा जादा टोकेमा चिकित्सकसंग सल्लाह गरेर खोप लगाउनुपर्छ ।

मुसाले टोकेमा रेबिजविरुद्धको खोप लगाउनुपर्छ ?

पर्दैन । टिटानसको खोप लिन सकिन्छ ।

गर्भवती महिलाले खोप लगाउन मिल्छ ?

मिल्छ । रेबिजविरुद्धको खोप गर्भवतीमा सुरक्षित देखिएको छ।

स्तनपान गराइरहेकाहरुमा खोप सुरक्षित हुन्छ ?

हुन्छ। स्तनपान गराइरहेका आमा र सो आमाको दुध लिने बच्चामा खोपले कुनै हानी गर्दैन ।

रेबिज संक्रमितको जुठो खाएमा खोप लिनुपर्छ ?

रेबिजका लक्षणहरु देखिनुपूर्व खाएको भएमा खोप लिनु पर्दैन ।

रेबिज बिरामीको रगत,  दिसा, पिसाबबाट सर्छ ?

सर्दैन । रेबिज संक्रमितको रगत, दिसा, पिसाबबाट संक्रमण सर्ने वैज्ञानिक आधार/पुष्टि छैन ।

रेबिजविरुद्धको खोप लगाइरहेका व्यक्तिको जुठो खाएमा र यौन सम्पर्क भएमा खोप लगाउनुपर्छ ?

पर्दैन।

रेबिज भाइरस शरीर बाहिर कति समयसम्म सक्रिय रहन्छ ?

रेबिज भाइरस भएको र्‍याल सुकेपछि/वा घामको किरणमा निष्क्रिय हुन्छ ।

रेबिजबिरुद्ध एक मात्रा दिने खोप पनि हुन्छ भनेको सुनिन्छ, के त्यो सत्य हो ?

होइन । रेबिजविरुद्ध खोप तीन (छालामुनि दिने) वा चार पटक (मासुमा दिने) दिएपछि मात्र खोपले पूर्णता पाउनेछ ।

केही समय अगाडि रेबिजविरुद्धको खोप लिएको थिएँ, फेरि जनावरले टोक्यो । फेरि खोप लिनुपर्छ ?

पर्छ । तर दुई डोज मात्र लिन सकिन्छ, जसलाई बुस्टर डोज भनिन्छ ।

टोकेको २४ घण्टाभित्र खोप लगाउने भनेको सुनिन्छ, सत्य के हो ?

सत्य होइन । यति नै घण्टा भित्र लगाउनुपर्छ भन्ने छैन तर खोप सकेसम्म छिटो लगाउनुपर्छ । तर विभिन्न कारणले टोकेको केही दिनपछि मात्र आइपुगेको छ भने पनि लगाउन ढिलो हुँदैन ।

रेबिज खोप लगाउँदा के खाने के नखाने ?

खोप लगाउदा सामान्यतय खानेकुरा बार्नु पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४