Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तालिबानको आततायी शासन : अपहरणका आरोपीलाई मारेर सार्वजनिक स्थानमा झुण्ड्याइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १० २०७८
  • 3.6K
    SHARES

क्रेनमा झुण्ड्याइएको शव हेर्दै स्थानीय । तस्वीर : एपी


 काठमाडौं । तालिबानले अफगानिस्तानको हेरात सहरमा अपहरणमा संलग्न रहेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याइएको बताएको छ ।

बीबीसीकाअनुसार तालिबानका एक अधिकारीले अफगानिस्तानमा यसअघिको तालिबानको शासनकालमा जस्तै सार्वजनिक स्थलमा मृत्युदण्डको व्यवस्था लागू हुन सक्ने बताएको केही दिनमा नै तालिबानले सार्वजनिक स्थानमा शव झुण्ड्याउन थालेको हो ।

अल जाजिराले भने हेरातमा चार जनालाई मृत्युदण्ड दिइएको भए पनि एकजनाको शव मात्र झुण्ड्याइएको बताएको छ ।

तालिबानले मृत्युदण्ड दिएका मानिसहरुमाथि एक व्यवसायी र उनका छोरालाई अपहरण गरेको आरोप थियो । स्थानीयका अनुसार हेरात सहरको केन्द्रमा एक जनाको शवलाई क्रेनमा झुण्ड्याइएको थियो ।

हेरातका एक व्यापारी वाजिर अहमद सिद्दिकीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा चारओटै शव ल्याइएको भए पनि उक्त स्थानमा एउटा शवमात्र झुण्ड्याइएको र अन्य तीन शव सहरको अन्य स्थानमा झुण्ड्याउनको लागि लगिएको बताए ।

हेरातका डेपुटी गभर्नर मौलावी शाइरले अपराधीहरुलाई निरुत्साहित गर्न शवहरु झुण्ड्याइएको बताएका छन् । उनका अनुसार तालिबानले एक व्यवसायी र उनको छोराको अपहरण भएको थाहा पाएसँगै छुटाउने क्रममा भएको दोहोरो झडपमा उनीहरु मारिएका थिए । यद्यपि उनीहरुको मृत्यु कसरी भएको थियो भन्ने स्वतन्त्ररुपमा पुष्टि भने हुन सकेको छैन ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा क्रेनमा झुण्ड्याइएको शवको छातीमा ‘अपहरणकारीलाई यस्तै सजाय हुनेछ’ लेखिएको छ ।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि उसले यसअघिको शासनकालभन्दा यसपटकको तालिबानको शासन फरक हुने र मानव अधिकार तथा महिला अधिकारको रक्षा गरिने बताएको छ । यद्यपि त्यसयता मानव अधिकार उल्लंघनका धेरै घटनाहरु आइसकेका छन् ।

यसअघि तालिबानका एक वरिष्ठ अधिकारीले अफगानिस्तानमा मृत्युदण्ड र अङ्गभङ्ग गर्नेजस्ता सजाय पुनः लागू हुन सक्ने बताएका थिए । उनले अफगानिस्तानको शासन व्यवस्था कस्तो हुनुपर्छ भनेर भन्ने अधिकार कसैलाई नभएको बताएका थिए ।

तालिबानले अफगानिस्तानमा इस्लामिक नियमभित्र रहेर महिला अधिकारको पनि रक्षा गरिने बताउँदै आएको छ । तर, विश्वविद्यालयहरुमा महिलालाई छुट्टै राखेर पढाउनुपर्ने नियम लागू गरिएको छ भने सौन्दर्य व्यवसाय पूर्णरुपमा बन्द छन् । तालिबानले अझै समग्र व्यवस्थाबारे निर्णय भइनसकेको बताउँदै आएको छ ।

–एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४