Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कञ्चनपुरका ९ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १० २०७८
  • 2.5K
    SHARES

धनगढी । कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न भएको स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

जिल्ला सदरमुुकाम समेत रहेको भीमदत्त नगरपालिकाको सभापतिमा अच्युतराज कलौनी विजयी भएका छन् । प्रतिद्वन्द्वी आशिष खत्रीलाई पराजित गर्दै कलौनी नगर सभापतिमा विजयी भएका हुन् । कलौनीले खत्रीलाई ११३ मतले पराजित गरे । उनले २५० मत पाउँदा खत्रीले २२७ मा चित्त बुुझाए ।

बेलौरी नगरपालिकाको नगर सभापतिमा पेपुराम चौधरी विजयी भएका छन् । प्रतिद्वन्द्वी विक्रम चन्दलाई १० मतले पराजित गर्दै उनी विजयी भएका हुन् । चौधरीले ९० मत पाउँदा चन्दले ८० मत मात्रै प्राप्त गरे ।

वेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साहु, पुनर्वास नगरपालिकामा सुकबहादुर तामाङ, लालझाडी गाउँपालिकामा श्रीकृष्ण राना र बेल्डाँडी गाउँपालिकामा गजबहादुर विष्ट सभापतिमा विजयी भएका छन् ।

जिल्लाका अन्य तीन स्थानीय तहमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । कृष्णपुर नगरपालिकामा विष्णु खड्का, शुक्लाफाँटा नगरपालिकामा दानबहादुर ऐर र दोधाराचाँदनी नगरपालिकामा राजेन्ऽ मल्ल सर्वसम्मत सभापतिमा चयन भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४