Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा कांग्रेसको चुनावमा आम निर्वाचनकै झल्को ! कास्कीका ३ पालिकामा नयाँ नेतृत्व


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 3K
    SHARES

पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र छिर्ने सडकबाटै नेपाली कांग्रेस पोखरा महानगर समिति निर्वाचनको चहलपहल थियो । कास्की कांग्रेसको राजनीतिमा पोखरा महानगर समितिले ठूलो अर्थ राख्ने भएकाले नेता, कार्यकर्ताको ध्यान यतै थियो ।

पोखरा महानगर समितिमा सभापतिका उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेका थिए । आम निर्वाचनकै झल्को दिने गरी कांग्रेस पोखरा महानगर समितिमा ६ जना सभापतिका उम्मेदवारले नमस्कार गर्दै मतदाता फकाइरहेका थिए ।

केन्द्रमा कांग्रेसमा गुटगत राजनीति झ्यांगिएको स्पष्ट चित्र देखा परे पनि पोखरामा त्यसको झल्को देखिएन । पोखराको चुनावमा न गुटगत प्यानल थिएन । उम्मेदवारहरु एक्लाएक्लै चुनावमा होमिए ।

नेपाली कांग्रेस कास्कीको राजनीतिमा वरिष्ठ नेता पौडेल समूह हाबी मानिन्छ । तर, पोखराको निर्वाचनमा भने विचार समूह नभई भिन्दाभिन्दै निर्वाचनमा होमिए । पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वकेन्द्रीय सदस्य शुक्रराज शर्मा, पूर्वसांसद यज्ञबहादुर थापा, नेता देवराज चालिसे, सोभियतबहादुर अधिकारी, जिल्ला सभापति कृष्ण केसी लगायत नेताले कुनै पनि उम्मेदवारका लागि प्रत्यक्ष मत मागेनन् । उम्मेदवारहरु पनि कुनै विचार समूहको प्रतिनिधित्व गरेनन् ।

पूर्वसभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले पार्टीको उपल्लो तहमा गुटगत चुनाव हुने भए पनि पालिकास्तरमा नदेखिएको बताए । ‘तल्लो तहसम्मै गुटको राजनीति नपुगेको होइन तर यस पटक प्यानलै बनाएर चुनावमा गएको देखिएन,’ रानाभाटले भने, ‘नेताहरुको कसैप्रति सदिच्छा हुन सक्छ तर अस्वस्थ देखिएन ।’

पोखरा नगर सभापतिमा पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे, वडा नम्बर ११ का वडाध्यक्षसमेत रहेका मोहनप्रसाद बास्तोला, पत्रकार गंगाधर पराजुली, वडा नम्बर ९ का वडाध्यक्षसमेत रहेका रामराज लामिछाने, नेता मिलन तिवारी र पत्रकार ज्योति हमाल प्रतिस्पर्धामा छन् ।

पोखरा महानगर समिति चयन गर्न १ हजार ३ सय ७० मतदाता छन् । त्यसमध्ये १ हजार ३ सय ४४ मत खसेको छ । क्षेत्रीय प्रतिनिधि चयन भएलगत्तै पालिकाको चुनाव भएकाले उत्साहजनक सहभागिता देखिएको कास्की कांग्रेस सभापति कृष्ण केसीको भनाइ छ । केही मतदाता पोखरा बाहिर भएका कारण, केही बिरामी परेका कारण पनि छुटेको हुन सक्ने उनी बताउँछन् ।

पोखराको उपसभापतिमा ६ जनाको उम्मेदवारी छ । प्रयागराज भण्डारी, कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल उपसभापतिको प्रतिस्पर्धामा छन् । सचिवमा गणेशबहादुर थापा, टुवराज बास्तोला र सुरेन्द्रबाबु तिवारी उम्मेदवार छन् । सहसचिवमा ७ जना चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेस पोखरा महानगरको नेतृत्वमा भदौ २७ गते निर्वाचन गर्ने तयारीका साथ २५ गते नै मनोनयन भइसकेको थियो । कांग्रेस केन्द्रीय समितिले पालिका निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गर्नु अगाडि नै मनोनयन दर्ता भएको थियो । संशोधित कार्यपालिका अनुसार शनिबार भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

३ पालिकाको नतिजा आयो

कास्कीका ५ स्थानीय तहमध्ये ३ पालिकामा नेतृत्व चयन भइसकेको छ । अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत रुपैयाँ समिति चयन भएको छ । माछापुच्छ्रे गाउँपालिकामा निर्वाचनबाट नेतृत्व चयन भएको छ । पोखरासँगै मादी गाउँपालिकाको मतगणना सुरु भएको छ ।

बाँयाबाट क्रमश : अन्नपूर्णका मनपति भण्डारी, रुपाका विमल न्यौपाने र माछापुच्छ्रेका वीरेन्द्र गुरुङ ।

अन्नपूर्ण गाउँपालिकाको सभापतिमा मनपति भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । उनी यसअघि पनि सभापति थिए । उपसभापतिमा शुशील भट्टचन र गौमाया नेपाली छन् ।

सचिवमा ढिकुरपोखरीका कृष्णप्रसाद सुवेदी र सल्यानका विजय गुरूङ तथा सहसचिवमा घान्द्रुकका धुव्र घले र भिचुकका मुक्ति गुरूङ निर्विरोध निर्वाचित भए ।

माछापुच्छ्रे गाउँपालिका सभापतिमा वडाध्यक्षसमेत रहेका वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी मधुसुदन अधिकारीलाई हराउँदै गुरुङ विजयी भएका हुन् ।

उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ, सचिवमा केशवराज अधिकारी र सञ्जय लम्साल तथा सहसचिवमा बालकृष्ण गौतम र महादेव गुरुङ निर्वाचित भए ।

रुपा गाउँपालिकामा विमलबाबु न्यौपानेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित भएको छ । सचिवमा विकल ओझा चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४