Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ८ २०७८
  • 4.1K
    SHARES

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन भएका छन् । ठेकेदार सम्पर्कविहीन भएपछि सडकको काम अलपत्र परेको छ ।

कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभानले लिएको थियो ।निर्माण कम्पनीका प्रतिनिधि र ठेकेदार काम छाडेर सम्पर्कविहीन भएपछि आयोजना अलपत्र परेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र पर्ने गरेका छन् । स्थानीय बासिन्दा आफैले पहिरो पन्छाएर यातायात सञ्चालन गर्दे आएका छन् । लाम्पाटाबाट दरवाङसम्म आठ किलोमिटर सडक कालोपत्रे गर्न २२ करोड ५७ लाखमा बिरुवा–क्याराभानले ठेक्का लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४