जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टी धनुषाको अध्यक्षमा रामचन्द्र पण्डित चयन भएका छन् । आइतबार जनकपुरधाममा भएको अगुवा कार्यकर्ता भेलाले पण्डितलाई अध्यक्षमा चयन गरेकाे हाे ।
पार्टीकाे उपाध्यक्षमा शितल साह, सचिवमा सोम प्रसाद शर्मा र सहसचिवमा राजकुमार यादवलाई चयन गरिएको छ ।