सविना दाहाल ललितपुर
ललितपुर // सामाजिक सेवाको भावमा लागेर दिन प्रती दिन असहाय दिन दुखिको आशिर्वाद लिने क्रममा असोज ०१ गते पनि टिकटक स्टार अन्सु वर्मा कन्चनपुर महेन्द्रनगर स्थित जलारि मा पुगेर शारिरिक रुपमा अशक्त बालबालिकाहरु लाई नगद , लत्ताकपडा , खाद्धयान्न सामाग्री हरु, फलफुल , जुसहरु वितरण गरेर साथमा ती बालबालिकाहरु लाई महगो औषधि आवस्यक परेको तर किन्ने अवस्था नभएकोले तिनिहरु को औषधि उपचारको लागि समेत उनले सहयोग गर्ने प्रतिवद्दता जनाएको समेत जानकारी गराएका छन्।।।
मानवता नै सबैभन्दा ठुलो धर्म हो भन्ने कुरालाई मनन गर्दै अन्सु सेवाभावको रुपमा अहोरात्र खटिरहेका छन । जलारि जहाँ सबैभन्दा बढि र ठुलो सहयोग गर्ने पहिलो व्यक्ति पनि अन्सु रहेको कुरा त्यहांका असहायहरु का आफन्तहरुले खुसिका आशु बगाउदै हामिलाई बताउनु भयो ।।
कोरोना कहर को लकडाउनको विषम परिस्थितिमा तथा विभिन्न ठाउमा पुग्दै दिन दुखि लाई सहयोग गर्ने काम उनले गरिरहेका छन्।।।
दिनको १५/ १६ घन्टा लाईभमा आएर आफ्नो बोली बिकाएर आर्जन गरेको पैसालाई उनले यस्तो महान काममा खर्चिदै आईरहेका छन ।
टिकटक लाईभ बसेर करोडौं टिकटक युजरहरुको लाईक,कमेन्ट् ,फलोवर्स बढाउने का साथै मनोरञ्जन प्रदान गरिरहेका वर्माले आफुमा भएको सालिनता, मीठो बोलिद्वारा सबैलाई आकर्षित गर्न सफल भएका हुन् ।।
सुदुरपश्चिम महेन्द्रनगर गड्डाचौकिमा रहेर हजारौको मन मुटुमा बस्न सफल अन्सु हेर्दा जति हसिलो सुन्दर देखिन्छन,,
मन पनि यतिकै ठुलो भएको कुरा उनले गरेका महान कार्य हरुले एैना जस्तै छर्लङ्ग पारेको छन।
।आगामि दिनहरुमा समाजसेवालाई निरन्तरता दिने कुरा पनि उनले व्यक्त गरेका छन।
टिकटक नब कलाकारहरुका लागि राम्रो प्लाट फम बनेको र धेरैले राम्रो आम्दानि को श्रोत बनाउन सफल भएको पाईन्छ।सफल टिकट्क युजर मध्ये हाल नेपाल मा सबैभन्दा बढि१ (एक) करोड माथि कमाईसकेको समेत उनलेे जानकारी दिएका छन्।वर्मा दैनिक १५/२०हजार भन्दा बढि अाम्दानि गर्छन्
।सबैलाई सम्मान गर्ने अन्सुले म सफल हुनुमा सम्पूर्ण टिकटक युजरहरुको हात रहेको छ त्यसको लागि भित्री मन देखि सबैलाई कृतज्ञता व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै मायाको भोगि रहने छु भन्ने कुरा बताए।
सेवा नै धर्म हो भन्ने कुरालाइ आत्मसाथ गर्दै मैले दिन दुखिको सेवा गर्न पाए भने मेरो लागि स्वर्ग नै यहि हो भन्ने कुरालाई जोड दिए ।।