Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घाँटी निमोठेर नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३१ २०७८
  • 3K
    SHARES

बैतडी, । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई कारागार चलान गरेको छ ।

अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा डिलाशैनी गाउँपालिका ७ की ३५ वर्षीया माधवी कार्कीलाई बिहीबार कारागार चलान गरेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । उनी महिला स्वयंसेविका हुन ।

कार्कीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकलले इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

कार्कीले यही भदौ ६ गते अबैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिनेबितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेको देखेपछि परिवारले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।त्यसपछि प्रहरीले महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी ति महिलालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो ।

उनका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारी गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अबैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।अबैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमती गरेका ती किशोर हाल फरार रहेका छन् ।

ति महिलो घरमा १३ वर्षीय छोरा पनि छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४