Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसीविरुद्ध सडकमा उत्रिए नेत्रविक्रम चन्द, काठमाडौंमा शक्ति प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २८ २०७८
  • 2.1K
    SHARES

काठमाडौं, । अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै नेकपाले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागिले ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’ जस्ता नारा लगाएका थिए । कार्यक्रमलाई महासचिव चन्दलगायतका नेताले सम्बोधन गरेका छन् ।चन्द नेतृत्वको नेकपासहितका केहीले एमसीसीको विरोध गरिरहेका छन् भने सरकार संसदबाट उक्त सम्झौता पारित गराउने प्रयासमा छ ।

नेपालमा विरोध बढ्दै गइरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको नेतृत्वको टोली चार दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्केको छ । त्यसक्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी ओलीलगायत प्रमुख दलका नेताहरूसँग भेट गरेको थियो ।

सुमारले एमसीसीबारे जे निर्णय लिने हो लिन आग्रह गर्दै अब धेरै ढिलो नगर्न सुझाव दिनुभएको थियो । विकास परियोजनालाई राजनीतिभन्दा अलग राख्नुपर्ने पनि सुमारको भनाइ थियो ।

एमसीसी सैन्य गठबन्धन वा त्यस्ता परियोजना नभएको र नेपालको संविधानभन्दा माथि रहेको भन्ने हल्ला सत्य नभएको जवाफ पनि अमेरिकाले प्रष्ट पारिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४