Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा गरिबलाई घर दिने मोदीको योजनामा भ्रष्टाचार !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १५ २०७८
  • 2.6K
    SHARES

यी महिला बिहारको आरा जिल्लाको देवराढ गाउँकी छठो देवी हुन् । पैसा हडप्नका लागि उनलाई दुई वर्ष अगाडि मृत्यु भइसकेकी जितना कुँवर बनाइएको छ ।


काठमाडौं । भारतका गरिबहरुलाई घर उपलब्ध गराउने प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचार भएको छ ।

नरेन्द्र मोदीले सन् २०१६ को अप्रिल १ मा प्रधानमन्त्री आवास योजना कार्यक्रम उदघाटन गरेका थिए । यसअन्तर्गत सन् २०२२ को मार्च भित्र सबै गरिब परिवारलाई पक्की घर बनाएर दिइसक्ने लक्ष्य सरकारको थियो । तर यो योजनाबाट गरिबहरुलाई घर दिनुभन्दा अगाडि नै सरकारी अधिकारी र जनप्रतिनिधिहरुलाई धनी बनाइरहेको छ ।

बीबीसी हिन्दीले आफ्नो अनुसन्धान रिपोर्टमा लेखेको छ– कागजमा यदि मार्च २०२२ भित्र लक्ष्य पूरा भयो भने पनि गरिबहरुलाई लागिरहने छ कि यो घर हामीले हकको रुपमा होइन, बरु घुस दिएबाफत पाएका हौं ।

यो योजनाअन्तर्गत सरकारले डाइरेक्ट बेनिफिट ट्रान्सफर (डिबिटी)मार्फत् गरिबहरुको बैंक अकाउन्टमा सिधै पैसा पठाइदिन्छ । यसो गर्दा भ्रष्टाचार कम हुने सरकारी विश्वास छ । तर बैंक अकाउन्ट खोल्दा नै अनियमितता भएको पाइएको छ । बैंकका कर्मचारीको मिलेमतोमा फर्जी कागजातको आधारमा मानिसहरुले अर्काको नाममा खाता खोलेका छन् । पूरै योजनामा जनप्रतिनिधि, सरकारी अधिकारी र दलालबीच गहिरो साँठगाँठ छ । आधार कार्ड नम्बरलाई भ्रष्टाचार रोक्ने हतियारको रुपमा हेरिएको छ तर यहाँ पनि नाम र फोटो व्यापक फेरबदल गरिएको छ ।

प्रधानमन्त्री आवास योजनामा भ्रष्टाचारको विषयमा बिहारको भोजपुरबाट प्राप्त गुनासोका आधारमा बीबीसीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट पत्ता लाग्यो कि यहाँ इनारमै भाङ्ग घोलिएको छ । आफूहरुको नाममा रकम बुझिसकेको तर पैसा हात नपरेका कारण धेरै गाउँवासी चिन्तित छन् ।

गरिबको नाममा गाउँका टाठाबाठाले पैसा लिएका छन् । यसबाट सबैभन्दा बढी पीडित दलित समुदाय भएका छन् । मरिसकेका व्यक्तिलाई पनि कागजातमा ज्युँदो देखाएर पैसा निकासा गरिएको छ । धेरै मानिसहरु यस्ता फेला परेका छन्, जसलाई आफ्नो नाममा एक लाख २० हजार रुपैयाँ अरुले लिइदिएका छन् । केहीलाई गाउँका टाठाबाठाले पैसा लिएको थाहा छ, तर उनीहरु डरले बोल्न सकिरहेका छैनन् ।

बीबीसीसँग अर्थशास्त्री एवम् अभियन्ता ज्याँ देजले भनेका छन्, ‘प्रधानमन्त्री आवास योजनामा बिहारमा जति भ्रष्टाचार अन्त कहिं भएको छैन ।’ भ्रष्टाचार बिहारको संरचनात्मक रोग भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४