Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वाइसिएलले छान्न सकेन आफ्नो नेतृत्व, नेताहरु प्रचण्ड निवासमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १५ २०७८
  • 5.1K
    SHARES

काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाललाई पार्टी नेतृत्वले अनिर्णयको बन्दी बनाएको नेताहरुले गुनासो गरेका छन् ।

कार्यकर्ताहरुलाई आफ्नो नेतृत्व आफैं चुन्न पनि नदिने र नेताहरुले पनि नचुनिदिने गर्नाले आफूहरु अन्योलमा परेको वाइसिएल नेताहरुको गुनासो छ । माओवादी केन्द्रका नेताबाट पनि संगठनात्मक क्षेत्रमा पार्टीको तदर्थवादी प्रवृति देखिएको भन्दै टिप्पणी सुरु भएको छ ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुबोध सेर्पालीको दाबी छ । सहमतिमा अध्यक्ष चयन गर्ने भनिए पनि सहमति जुट्न नसकेपछि नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

हालका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले देवकोटालाई प्रस्ताव गरे पनि सेर्पाली सहमत भएका छैनन् । सहमति नजुटेपछि वाइसिएलले आफ्नो नेतृत्वको चयन गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

‘भेला लम्बिंदा व्यवस्थापनमा समस्या भयो’

नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय अझै टुंगो नलाग्दा प्रतिनिधिहरु अन्योलमा छन् ।

काठमाडौंसहित सातवटै प्रदेशबाट गरी करिब सात सय प्रतिनिधिहरु सहभागी छन् । नेतृत्व चयनमा ढिलाइ हुँदा प्रतिनिधि व्यवस्थापनमा कठिनाइ भइरहेको वाइसिएलका प्रवक्ता पुष्प ओली बताउँछन् ।

‘जिल्ला जिल्लाबाट केन्द्र र प्रदेशमा भेला भएका साथीहरु घर फर्किन आत्तिसक्नु भयो, तर अझै नेतृत्व चयन नहुँदा व्यवस्थापनमा समस्या भइरहेको छ,’ ओलीले भने ।

वाइसिएलका अर्का एक नेताले पार्टी नेतृत्वले छिटो निर्णय नदिएर अनिर्णयको बन्दी बनाइदिएको टिप्पणी गरे ।

पार्टीको मनोदशाको नमूना

वाइसिएलको नेतृत्व चयनको निर्णयमा ढिलाइ भएपछि माओवादी केन्द्रका नेताहरुबाटै असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।

माओवादी केन्द्रका नेता अनिल शर्माले वाइसिएलको नेतृत्वको विषयलाई अनावश्यक जटिल बनाइएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘वाइसिएल नेपालको राष्ट्रिय भेला हाम्रो पार्टीको मनोदशाको एउटा ज्वलन्त नमूना हो । संगठनात्मक क्षेत्रमा रहेको पार्टीको यो तदर्थवादी प्रवृतिले स्वयं पार्टीलाई मात्र होइन समग्र आन्दोलनलाई क्षति पुर्याइरहेको छ । कि निर्णय गर्न सकौं, होइन भने कार्यकर्ताप्रति भर परौ ! विषयलाई अनावश्यक जटिल नबनौं !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४