Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आकांक्षी धेरै भएपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 3.2K
    SHARES

बुटवल । लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक-एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री बनाए पनि त्यसपछि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् ।

विश्वासको मत लिएर सरकार विस्तार गर्ने भनेका उनले भदौ ७ गते विश्वासको मत लिएको पनि एक साता पुगिसक्यो ।

गठबन्धनभित्रै मन्त्रीको संख्या र मन्त्रालय नटुंगिदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । हालका ६ मन्त्रीमध्ये माओवादी केन्द्रका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रालय र जसपाका सहषराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । जसपाका पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र सांसद अजय शाहीको मन्त्रालय तोकिएको छैन ।

अब विस्तार हुने मन्त्रिपरिषदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीनजना मन्त्री र एक-एकजना राज्यमन्त्री नियुक्त गर्ने गठवन्धनका दुई दलबीच सहमति भइसकेको छ । तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ ।

मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या पनि थप गर्ने तयारी छ । शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्रिपरिषद् ११ सदस्यीय थियो । तर अहिले गठवन्धनलाई भाग पुर्‍याउन मन्त्रिपरिषद् १५ सदस्यीय पुर्‍याइँदैछ ।

मन्त्रालय टुक्र्याउन मन्त्रालयको नामाकरणसहित मन्त्रिपरिषद्बाट कार्यविधि पारित गर्नुपर्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव सरुवा भएका र नयाँ मुख्य सचिव आएको एक-दुई दिन मात्र भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । ‘संविधान र कानुनको सीमाभित्र रहेर मन्त्रालय थप गरी बढीमा एक हप्ताभित्रै मन्त्रिपरिषद विस्तार हुन्छ,’ खानले बताए ।

सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले गठवन्धनका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन केही समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

भदौ १७ गते प्रदेशसभाको बैठक बस्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए ।

कोरोना महामारीको जोखिम कायमै रहेका बेला प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेतृत्वविहीन छ । यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छुट्टै बनाइएको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय दुवैको केही कामलाई मिलाएर ग्रामीण तथा सहरी विकास मन्त्रालय थप गरिएको थियो । त्यसैगरि भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री समेत राखिएको थियो ।

अब युवा तथा खेलकुद, उद्योग र पर्यटन मन्त्रालय बनाउन सकिने एक नेताले बताए । तर, कुन कुन मन्त्रालय बनाउने भन्नेबारेमा भने अझै टुंगो लागिसकेको छैन ।

मन्त्री थप हुने भएपछि उनीहरुलाई आवास र गाडीको व्यवस्थापन गर्न पनि समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको हो ।

नियुक्तिका लागि आकांक्षी धेरै भएपछि मुख्यमन्त्री केसी र प्रदेश प्रमुख अमिक शेरचनको निजी सचिवालयले पनि पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४