Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिप्टोकरेन्सीलाई मान्यता दिने दोश्रो देश बन्दै क्युवा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र १२ २०७८
  • 3.5K
    SHARES

क्युबाले क्रिप्टोकरेन्सीलाई भुक्तानीका लागि मान्यता दिने भएको छ । भुक्तानीका लागि क्रिप्टोकरेन्सीलाई मान्यता तथा नियमन गरिने क्युबाको सरकारले घोषणा गरेको छ ।

बिहीबार त्यहाँको राजपत्रमा प्रकाशित सरकारी घोषणा अनुसार क्रिप्टोकरेन्सीको विषयमा त्यहाँको राष्ट्रबैंकले नियम तय गर्नेछ र यस सम्बन्धी सेवा प्रदायकहरुलाई कसरी लाइसेन्स प्रदान गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

राजपत्रमा प्रकाशित घोषणा अनुसार आर्थिक सामाजिक हितका लागि क्रिप्टोकरेन्सीहरुको प्रयोगलाई केन्द्रीय बैंकले मान्यता दिनसक्ने उल्लेख छ । तर यस्ता कारोबारहरु पूर्ण रुपमा सरकारी नियन्त्रणमा हुने र कुनै अवैध क्रियाकलापमा संलग्न हुन नपाउने विषय पनि उल्लेख गरिएको छ ।

भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालमा लागेको कडा प्रतिबन्ध पश्चात् अमेरिकी डलरको प्रयोग कठिन बनेसँगै क्युबामा प्रविधिमैत्री युवापुस्तामाझ क्रिप्टोकरेन्सीको लोकपि्रयता बढेको छ ।

हालैमात्र मध्य अमेरिकी देश एल साल्भाडोरले आफ्ना विश्वभर रहेका आफ्ना नागरिकलाई देशमा रेमिटेन्स भित्राउनका लागि उत्प्रेरित गर्ने भन्दै क्रिप्टोकरेन्सी बिटक्वाइनलाई मान्यता दिने घोषणा गरेको थियो ।

कुनैपनि केन्द्रीय बैंकको नियन्त्रण तथा अनुगमन बाहिर रहने डिजिटल मुद्राको रुपमा रहेका क्रिप्टोकरेन्सीहरुको मूल्य निकै उतारचढावपूर्ण हुने गरेको छ जसमा ब्लकचेन कम्प्युटर कोडको प्रयोग हुन्छ ।

भौगोलिक रुपमा टाढा टाढासम्म कारोबार गर्न सकिने र भुक्तानीकर्ता र प्रापकको परिचय गोप्य रहने हुँदा सरकारी नियमन छल्नका लागि क्रिप्टोकरेन्सीकेा कारोबार निकै सहयोगी हुने गर्दछ । त्यसैले अमेरिकी प्रतिबन्धका बाबजुत क्युबा लगायतका देशमा पैसा पठाउनका लागि क्रिप्टोकरेन्सीको प्रयोग हुने अपेक्षा गरिएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४