Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ मा मुख्यमन्त्री फेर्न एमाले संसदीय दलको बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 2.5K
    SHARES

नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेको छ । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए ।
मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।  प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।  
  • प्रदेशसभाको अंकगणित
प्रदेश १ को कुल सांसद संख्या ९३ हो । सरकार बन्नका लागि चाहिने बहुमत संख्या ४७ हो । आजका दिनसम्म नेकपा एमालेसँग एकल बहुमत अर्थात् ५१ सांसद छन् । तर यीमध्ये पाँचजना सांसद मात्रै माधव नेपालको पक्षमा लागेको खण्डमा एमालेको बहुमत गुम्ने निश्चित छ ।

यसअघि एमाले सचिव भीम आचार्य माधव नेपाल पक्षमा रहँदा  १८ सांसद माधव नेपालको पक्षमा खुलेका थिए भने ३३ जना ओलीको पक्षमा थिए । तर, तेस्रो धारमा रहेका आचार्य एमालेमै समाहित भएपछि पुरानो समीकरणमा केही फेरबदल आएको छ । अब माधव नेपालको पक्षमा राजेन्द्रकुमार राईसहित ९ सांसद रहेको नेपाल पक्षको दाबी छ ।

भीम आचार्यसँग अन्तरविरोध भएका कारण माधव समूह छाडेर मन्त्री बनेका राजकुमार ओझाले अब भीम आचार्यलाई साथ नदेलान् कि भन्ने माधव पक्षमा आश देखिन्छ ।

संखुवासभाका एमाले नेता पर्शुराम मेघी गुरुङ माधव नेपालतिर नलागी एमालेमै रहेका कारण त्यहाँका दुईजना प्रदेशसभा सदस्य एमालेमै रहन्छन् या माधव पक्षमा अडिन्छन् भन्ने खुलिसकेको छैन । संखुवासभाका दुई प्रदेशसभा सदस्य सरिता खड्का र पदम कुमारी गुरुङ यसअघि माधव समूहमा खुलेर लागेका सांसद हुन् ।

ताप्लेजुङका प्रदेश सांसद बलबहादुर थाम्सुहाङ हिजोसम्म माधव नेपाल समूहकै नेता हुन् । योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोले माधव नेपालको साथ छाड्दा पनि उनी माधव नेपालकै निकट रहेका सांसद हुन् । तर, उनी पनि अहिले कन्फ्युजनमा परेका छन् ।

इलामकी सांसद खिनु लङ्बा माधव नेपाल समूहकै सांसद हुन् । पाँचथरका सांसद गणेशकुमार काम्बाङ पनि माधव नेपालकै पक्षका हुन् । मोरङका सांसद कृष्ण कुमारी राई, लीलाबल्लभ निरौला र सावित्रा रेग्मी पनि यसअघिसम्म माधव नेपाल पक्षमा खुलेका प्रदेशसभा सदस्य हुन् ।

खोटाङका सांसद राजन राई, भोजपुरका राजेन्द्र कुमार राई माधव एकीकृत समाजवादीको केन्द्रीय कमिटीमै रहेकाले उनीहरु माधव नेपालमा बलिया सारथी हुन् । यीमध्ये राजेन्द्र राई  गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत हुन् । उदयपुरकी सांसद सुनिता कुमारी चौधरी पनि माधव नेपाल समूहकै हुन् ।

यीमध्ये माधव नेपाल समूहका राजन राई, राजेन्द्र राई, शावित्रा रेग्मी, सुनिता चौधरी र कृष्णा राईले मात्रै माधव नेपाललाई साथ दिने हो भने पनि एमालेको बहुमत गुम्ने अवस्स्था छ । 

भीम आचार्य मुख्यमन्त्री बनेर एक महिनापछि विश्वासको मत पाउन सकेनन् भने त्यसपछि गठबन्धनका तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री बन्ने सम्भावना रहेको नेताहरुको आकलन छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४