Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायपालिकाको विकृति र भ्रष्टाचारसम्बन्धी प्रतिवेदन सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ९ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको छ । प्रवक्ता बाबुराम दाहालले बेवसाइटमा प्रतिवेदन राखिएको र सम्बन्धित निकायमा पनि पठाइएको जानकारी दिए ।

‘प्रतिवेदन सार्वजनिक भएको छ, अब जो कोहीले हेर्न सक्नुहुन्छ’ उनले भने, ‘प्रतिवेदनमा उल्लेख गरिएका सरोकारवाला निकायहरुमा पनि कार्यान्वयनका लागि प्रतिवेदन पठाइएको छ ।’

प्रवक्ता दाहालका अनुसार महान्यायाधिवक्ता कार्यालय, नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएसन लगायतका निकायमा प्रतिवेदन पठाइएको छ । यो प्रतिवेदन न्यायपरिषदमा यसअघि नै पठाइसकिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले गत साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रतिवेदन बुझाएको थियो । त्यसको केही दिनमा सर्वोच्च अदालत प्रशासनले सबै न्यायाधीशहरुलाई अध्ययनका लागि भन्दै प्रतिवेदन उपलब्ध गराएको थियो ।

बुधबार बसेको सर्वोच्च अदालतको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४