Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजीनामा नदिने धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको अडान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ९ २०७८
  • 10.2K
    SHARES

काठमाडौं । पदीय मर्यादा विपरीत सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिए । साउदले राजीनामा दिएको भोलिपल्टै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले समेत धितोपत्र बोर्डमा अर्कै प्रतिनिधि पठाउन अध्यक्ष शेखर गोल्छालाई आग्रह गरेका छन् ।

उता धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाकी छोरी रेविका ढुंगानाको नाममा पनि सर्वोत्तमको शेयर खरिद गरेको पाइएको छ । नेप्सेका सीईओले पदबाट राजीनामा दिएको र ढकालले पनि अर्को प्रतिनिधि पठाउन अध्यक्षलाई भनेपछि यसले बोर्ड अध्यक्ष ढुंगानालाई थप दबाब सिर्जना गरेको छ । धेरैले बोर्ड अध्यक्ष ढुंगानाले पनि अब पदबाट राजीनामा दिने आँकलन गरेका छन् ।

तर ढुंगानाले भने आफूले कुनै गलत कार्य नगरेको भन्दै राजीनामा नदिने बताएका छन् । साउदको श्रीमतीकै नाममा शेयर किनिएको भेटिएको तर आफ्नो विवाहित छोरीले शेयर किनेको भन्दै यी दुई घटनालाई जोडेर हेर्न नमिल्ने समेत उनको दाबी छ ।

चन्द्र ढकालको राजीनामाको विषयमा भने उनी निजी क्षेत्रको प्रतिनिधित्व गर्दैै आएकाले महासंघले फिर्ता बोलाउनु उनीहरुको आन्तरिक कुरा भएको उनले बताए ।

बजारमा आएका हल्लामा सत्यता नभएको दाबी गर्दै ढुंगानाले गल्ती नै नगरेको व्यक्तिलाई अनावश्यक विवादमा तान्न खोजिएको बताए । ‘बजारमा हल्ला आएको भरमा कसैले राजीनामा दिन्छ र ?’ ढुंगानाले भने, ‘मैले कुनै कानून विपरीत काम गरेको भए यो कानून विपरीत छ भन्न कसैले सक्छ र ? मैले केही गल्ती गरेको पनि छैन र राजीनामा दिँदा पनि दिन्नँ ।’

अब निजी क्षेत्रको प्रतिनिधि को जान्छ ?

पूँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको एक जना सञ्चालक निजी क्षेत्रको प्रतिनिधि राख्ने नियम छ । यो नियम अनुसार नेपाल उद्योग वाणिज्य महासंघले जसलाई प्रतिनिधि पठायो ऊ नै बोर्डको सञ्चालक नियुक्त हुनेछ ।

महासंघले भने अध्यक्ष पछिको दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्षलाई नै सञ्चालक समितिमा पठाउने गरेको छ । यसअघि गोल्छा महासंघको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक थिए । ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा चुनाव जितेर आएपछि उनलाई पनि महासंघले सञ्चालकको रुपमा पठाएको हो ।

आफ्नो नाम जोड्नै नहुने ठाउँमा बिना कारण नाम जोडिएको बताएका ढकालले सञ्चालक भएर आएपछि आफूले कुनै शेयर नकिनेको बताए । भाइको नाममा भनिएको शेयर पनि आफू सञ्चालकमा जानुभन्दा अगाडि नै खरिद भएको उनले बताए ।

कार्यव्यस्तता देखाउँदै बोर्ड सञ्चालकमा अर्को प्रतिनिधि पठाउन भनेपछि महासंघले उपाध्यक्ष अञ्जन श्रेष्ठलाई प्रतिनिधिको रुपमा पठाउने तयारी गरेको छ । तर अञ्जन पनि नेप्सेमा सूचीकृत साल्ट ट्रेडिङ कम्पनी लगायतका कम्पनीहरुको शेयरधनी हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४