Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोजगारीका लागि देश छाड्नेहरुको भिड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ८ २०७८
  • 5.4K
    SHARES

काठमाडौं । रोजगारीका लागि देश छाड्नेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड लागेको छ । यो तस्वीर मंगलबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको हो ।

दर्जनौं युवाहरु विदेश उड्नका लागि विमानस्थल प्रवेश गर्न लाम लागेका छन् । यो भिडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने भौतिक दुरी पनि कायम भएको देखिंदैन ।

उनीहरु अधिकांश खाडी मुलुक जान लागेकाहरु हुन् । स्वदेशमै रोजगारीको ग्यारेन्टी नभएपछि देश र परिवार छाड्न बाध्य भएको ती युवाहरुको गुनासो छ ।

वैदेशिक रोजगारीका लागि जानेहरुको यस्तो भिड दैनिकजसो लाग्ने विमानस्थलका कर्मचारीहरु बताउँछन् । विदेश जानेहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि टेकु अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड पनि अचाक्ली देखिएको थियो ।

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारी प्रभावित भएको थियो । गत वर्ष असारदेखि वैदेशिक रोजगारीमा जाने क्रम भदौदेखि पुनः सुरु भएको थियो । तर दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि फेरि नेपालीहरु विदेश जान पाएका थिएनन् । हाल कोरोनाविरुद्धको खोप लगाएको प्रमाणसहित रोजगारीमा आउन अनुमति दिएपछि फेरि विदेश जानेक्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४