Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रियाशील सदस्यता विवाद टुंगियो, आज बुझाउँछौं : लेखक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए ।

कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

‘हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं । आइतबार (आज) अन्तिम रुप दिएर प्रतिवेदन बुझाउँछौं,’ उनले जन न्युज नेपाल खबरसँग भने, ‘म संयोजक रहेको समितिले धेरै विषयमा पहिला नै टुंगो लगाइसकेको थियो । केही विषय पार्टीलाई निर्णय गर्न भनिएको थियो । त्यसमा पनि हामीहरुले सहमति गरेका छौं । सबै कुरा टुंगियो भनेर बुझ्नुस् ।’

क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले जन न्युज नेपाल खबरलाई बताए ।

वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको बताए । ‘उहाँहरुले अहिलेसम्म भएका कामका बारेमा जानकारी दिनुभयो । सदस्यताको काम लगभग अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन बुझाउनुहुन्छ । कार्यतालिका अनुसार नै महाधिवेशन हुन्छ ।’ मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।

नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कांग्रेसले भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको थियो । तर नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।

लेखक संयोजक रहेको समितिले साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी अन्तिम प्रतिवेदन बुझाएको थियो । समितिले देशभरका १५० भन्दा बढि वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति गरेको थियो भने बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टीलाई दिएको थियो । क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४