Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तकोशी किनारमा रिसोर्ट बन्दै, टापु सफरिङदेखि पारासाइलिङसम्मका सुविधा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 5.5K
    SHARES

काठमाडौं । कोरोना महामारीबाट पर्यटन क्षेत्र समस्यामा रहेका बेला पूर्वी नेपालको सप्तकोशी नदी किनारमा हिजोआज धमाधम रिसोर्ट निर्माणको काम भइरहेको छ ।

उदयपुरको बेलका नगरपालिका–८ सोमबारेमा बेलका बीच फार्म हाउसले १० करोड रुपैयाँ भन्दा बढी लगानी गरेर रिसाेर्ट निर्माण गरिरहेको छ ।

गत वर्षदेखि निर्माण शुरु भएको रिसोर्टको ५० प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक रमन भट्टराईले जानकारी दिए । उनका अनुसार आगामी दशैं अगाडि नै उद्घाटन गर्ने गरी काम भइरहेको छ ।

सञ्चालक भट्टराईका रिसोर्ट ४० कठ्ठामा फैलिएको छ । जल यातायातका विभिन्न प्याकेजसहित रिसोर्ट सञ्चालन हुने उनले बताए । रिसोर्ट तयार हुँदासम्म जल यातायातका साधन, जग्गा समेत गरी १० करोड रुपैयाँ लगानी हुनेछ ।

रिसोर्टले सप्तकोशीमा मोटरबोट सञ्चालन गर्न शुरु गरिसकेको छ । रिसोर्टमा सप्तकोशी आइल्याण्ड (टापु) सफारीदेखि जेट स्की, पारासाइलिङ, स्पीट बोट, बानाना बोट लगायतका प्याकेज राखिने भट्टराईले बताए ।

‘रिसोर्टमामात्रै २ करोड रुपैयाँ लगानी हुँदैछ, रिसोर्टको जग्गा र मोटर बोटहरुसमेतमा गरिएको लगानी १० करोडमा पुग्छ भन्ने अनुमान गरिएको छ’ उनले भने, ‘यो रिसोर्ट केवल आउने, खाने र बस्नेमात्रै होइन, भरपुर मनोरञ्जन दिने गरी बनाइएको हो ।’

उद्घाटनको पहिलो ३ महिना पाुहनाहरुका लागि विशेष छुटका साथ २ वटा प्याकेज उपलब्ध हुने उनले बताए । कम्पनीले आधा दिन र पूरा दिनको दुईवटा प्याकेज ल्याउनेछ । आधा दिनको प्याकेज १ हजार र पूरा दिनको प्याकेजको २ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

‘हाफ डेको प्याकेज लिने पाहुनाहरु विहानको ब्रेक फास्ट गर्नुहुन्छ अनि प्यारासाइलिङ अथवा जेट स्कीमा सप्तकोशी सफर गर्दै आइल्याण्ड पुग्नुहुनेछ’ उनले भने, ‘आइल्याण्डको रमाइलो घुमघाम पछि उहाँहरु रिसोर्टमा आएर खाना खानुुहुनेछ, उहाँहरुका लागि स्वीमिङ पनि उपलब्ध हुन्छ ।’

पूरा दिनको प्याकेज लिनेहरुले भने एक रात र दुई दिनको सुविधा पाउनेछन् । सञ्चालक भट्टराईका अनुसार पारासाइलिङ, जेट स्की, स्वीमिङ, आइल्याण्ड सफारीका साथै नाइट स्टेसम्मको सुविधा उपलब्ध हुनेछ । यो प्योकजमा भोलिपल्टको खाजासमेत उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४