Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधवलाई ‘छाडेका’ नेताहरुको ओलीलाई चेतावनी : दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए विद्रोह


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र ४ २०७८
  • 6.6K
    SHARES

काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने उनीहरुको दाबी छ ।

अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । एक नेताका अनुसार छलफलमा ५७ जना सहभागी भएका थिए ।

बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’

तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ ।

१० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।

दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनी छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४