इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।
१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, अनारमनीले जानकारी दिएको छ ।