Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाधिवेशन सुनिश्चितताको माग गर्दै देउवालाई ज्ञापनपत्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २८ २०७८
  • 2.9K
    SHARES

काठमाडौं। महाधिवेशन सुनिश्चितताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि बूढानीलकण्ठमा ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई ज्ञापन बुझाएको हो । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गर्न माग गर्दै १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । साथै उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानबिनको माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिन र कार्यकाल सकिएका भ्रातृ संस्थाको अधिवेशन गर्ने वातावरण सिर्जना गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । साथै उनले सहमतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने जानकारी युवा नेताहरुलाई दिएका थिए । सभापति देउवालाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरुले धर्ना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४