Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

श्रीमान् श्रीमतीको सम्बन्ध विश्वासमा टिकेको हुन्छ, एकले अर्कालाई धोका नदिनुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २१ २०७८
  • 2K
    SHARES

कहानीः शास्त्रमा चंचुला र बिन्दुकको कहानी बताइएको छ । चंचुला र बिन्दुक दुबै श्रीमान् श्रीमती थिए । विवाह भएदेखि नै बिन्दुक चंचुलाको उपेक्षा गर्दथे र उनी अन्य स्त्रीमा रुची राख्दथे ।

बिन्दुक आचरणको हिसाबले निकै गिरिसकेका थिए । धेरै समयसम्म त चंचुलाले धैर्य राखिन्, श्रीमानलाई सुधार्ने प्रयास गरिन् तर बिन्दुक सुध्रिएनन् । त्यसपछि चंचुलाले पनि आफ्नो आचरण बचाउन सकिनन् र उनको पनि अन्य पुरुषसँग सम्बन्ध स्थापित भयो ।

कुनै रोग लागेर बिन्दुकको मृत्यु भयो । चंचुला एक्ली भइन् र उनले पनि श्रीमानले झैं गलत काम गरेको भन्दै हिनताबोध भयो । त्यसपछि चंचुलाले शिवपुराणको कथा सुनिन् र शिव चरित्रले मनलाई शान्त राख्न सिकाउने उनलाई ज्ञान भयो । त्यसपछि उनी भगवान शिवकी भक्त भइन् ।

चंचुलाको मृत्यु भएपछि उनको आत्मा शिव लोक पुग्यो । त्यहाँ देवी पार्वतीले चंचुलाको पक्ष लिइन् र शिवजीसँग भनिन्, ‘यी महिलाको दोष त छ । उनले पनि आफ्ना श्रीमानले झैं गलत काम गरेकी छिन् । तर तपाईंले यसलाई मोक्षको वरदान दिनुपर्नेछ किनभने श्रीमानले नै उपेक्षा गरेका छन् भने श्रीमतीको के दोष ? पुरुषलाई आफ्नो र अरुको शरीरको गलत उपयोग गर्न स्वतन्त्रता दिनु हुँदैन । महिला पनि मानिस हुन् र उनी पनि भट्किन सक्छिन् ।’

त्यसपछि शिव भगवान र देवी पार्वतीले बिन्दुक–चंचुलासँग भने, ‘वैवाहिक जीवनमा श्रीमान्–श्रीमतीले एक–अर्काप्रति विश्वासयोग्य र इमान्दार हुनुपर्छ ।’

पाठः श्रीमान्–श्रीमतीले एक अर्काको विश्वास तोड्छन् भने यो सम्बन्ध टुट्न सक्छ । श्रीमान्–श्रीमतीले एक–अर्कालाई धोका दिनुहुँदैन । इमानदारी र विश्वास स्थापित गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४